![मिसेस नेपाल क्यानडाको ताज सृष्टि श्रेष्ठलाई](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Mrs.-Nepal-Canada.jpg)
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ६० लाख लागतमा मासु प्रशोधन केन्द्र बनाउने भएको छ । लुम्बिनी प्रदेश सरकारको ३० लाख र ५० प्रतिशत लागत साझेदारीमा व्यवसायीको ३० लाख गरी ६० लाखमा केन्द्र बर्दघाटमा स्थापना गरिने बर्दघाट नगरपालिका पशुपक्षी शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो । सोही सन्दर्भमा बर्दघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा निर्वाहमुखी कृषि पेशा गर्ने तर किसान व्यावसायिक नभएकै कारण बाध्यतावस भारतीय किसानले उत्पादन गरेका कुखुरा तथा खसीबोका ल्याउनुपरेको मासु व्यवसायीले गुनासो गरेका छन् । नेपालका किसानले उत्पादन गरेर सधैँभरि व्यवसायीलाई नपुग्ने भएकाले आयात गर्नुपरेको उनीहरूको भनाइ थियो । कार्यक्रममा न्यु एग्रो दाउन्ने मिट सप्लायर्स जिमिरेभारका सञ्चालक प्रवीन श्रेष्ठले आफूले सरकारले तोकेको मापदण्डअनुसारको मासु प्रशोधन केन्द्र स्थापना गरेको भए पनि भारतीय बजारसँगको खुला प्रतिस्पर्धाका कारण नेपाली व्यवसायी समस्यामा रहेको गुनासो गर्नुभयो । नेपाली बजार नियमित नहुने, भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्नेलगायत कारण नेपाली व्यवसायीले भारतीय मासु किन्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
बर्दघाट उद्योग वाणिज्यका कार्यबाहक अध्यक्ष ताराप्रसाद गौतमले बर्दघाट नगरपालिकाभित्र मासु प्रशोधन केन्द्र स्थापना गर्ने खोज्नु आफंैमा राम्रो काम भएकाले बर्दघाट व्यवसायीले हर तवरले साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मासु केन्द्रको उपयुक्त व्यवस्थापन गर्न सके बर्दघाटका मासु उपभोक्ताले राम्रो मासु पाउने र स्थानीय उत्पादनले सहजरूपमा बजार पाउनेछ ।’
बर्दघाट नगरपालिकाका पशु चिकित्सक देवेन्द्र घिमिरेले मासु प्रशोधन केन्द्र स्थापना गर्दा स्वास्थ्यको दृष्टिकोणबाट उपयुक्त हुने मासु पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रको स्थापना हुँदा मासुका लागि बध गर्ने पशुपन्छीको स्वास्थ्य परीक्षण र बध गरिएको मासु स्टोरेज प्रक्रियाअनुसार केन्द्र बन्ने हुँदा मानव स्वास्थ्यको हिसाबले अति आवश्यक रहेको छ ।’
पशु प्राविधिक रामप्रसाद पौडेल, पशुपालक पदम सुनार, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुष्माकर ढकाललगायतले पनि बर्दघाटमा केन्द्र स्थापना हुनु सकारात्मक भन्दै उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरले उपभोक्तालाई स्वस्थकर मासु प्रदान गर्ने उद्देश्यका साथ मासु केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो । अवैध कारोबार रोक्ने प्रतिबद्धता व्यवसायीले जाहेर गर्नुपर्ने र स्थानीय किसानले मासुजन्य पशु उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । कार्यक्रममा कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था, मासु व्यवसायी, बर्दघाट बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघलगायतको पनि सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच