काठमाडौं । चलचित्र ‘पार्वती’ बन्ने भएको छ । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा बन्ने चलचित्र ‘पार्वती’ निर्माणको घोषणा गरिएको हो । सुवेदीले जन्मदिनको अवसर पारेर चलचित्र निर्माण घोषणा गर्नुभएको हो । सुवेदीकै लेखन र निर्माणसमेत रहने चलचित्र सामाजिक प्रेमकथामा बन्न बताइएको छ ।
सामाजिक कथामा निर्माण हुने चलचित्रको छायांकन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले जानकारी गराउनुभयो । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी हुनुहुन्छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ । चलचित्रको वितरण श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले गर्नुहुनेछ ।
नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकका बारेमा अहिले खुलाइएको छैन । ‘गाउँले केटी मो’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्ने सुवेदीले बताउनुभयो । सुवेदी निर्देशित पछिल्लो चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच