काठमाडौं । भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो खबर फैलाएको पुष्टि भएको छ ।
उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।
अहिले पाण्डेको सर्वत्र आलोचना भइरहेको छ । भने कतिपयले उनीमाथि कारबाहीको माग समेत गरेका छन् । पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा विभिन्न सञ्चार माध्यमले पुनमको मृत्यु भएको समाचार लेखेका थिए ।
तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् । उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच