काठमाडौं । नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ ।
सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको ‘द अनब्रेकेबलः अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ ।
अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाउनुभएको जानकारी दिनुभयो । “पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ”, अभिनेता मल्लले भन्नुभयो, “तौल घटेको दृश्य सकेर बढेको भागको छायाङ्कन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।”
उहाँले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिनुभयो । चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिनुभयो ।
“हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइने छ”, निर्देशक चौधरीले भन्नुभयो । चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच