इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतको फराकिलो जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टेस्ट सिरिजको दोस्रो खेलमा भारतले इङल्याण्डलाई पराजित गरेको छ । टेस्टको चौथो दिन भारतले इङल्याण्डलाई १०६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भयो।इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३/३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १/१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो । अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?