ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति सकिएको खेलमा ब्रेन्टफोडलाई ३–१ गोलले हराउँदै सिटीले जित निकालेको हो ।

सिटीका लागि फिल फोडेनले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका थिए । त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा गोल गरेका थिए ।

यसैगरी, ब्रेन्टफोडका नील माउपेइले एक गोल गरे थिए । उनले खेलको २१औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर त्यो अग्रतालाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलले पराजित भयो ।

जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोड २२ अंकका साथ १५औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?