
काठमाडौं । प्रशान्ति एकेडेमीले एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलको उपाधि जितेको छ । कपनस्थित दीक्षालय नेपाल फाउण्डेसनमा भएको फाइनलमा प्रशान्तिले भीमेश्वर एकेडेमीलाई २-१ गोलले पराजित गर्यो । प्रशान्तिका सुजन तामाङ र मनोज कार्कीले गोल गर्नुभयो । भीमेश्वरका रूपेश थापाले सान्त्वना गोल फर्काउनुभयो । रूपेश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिनुभयो । ग्रिनविचले माउण्ट ग्लोरीलाई २-० गोलले हराउँदै तेस्रो भयो ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहको फुटसलमा ४८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पाँच खेल समावेश खेलकुद सप्ताहमा फुटसलसहित टेबलटेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भएको छ ।
यस्तै, भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधाको फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स तथा मिक्स जुनियरमा फाइनलमा पुग्न सफल भयो ।
अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३-५८ ले पराजित गर्दै अक्षरिकासँग फाइनल भेट पक्का गर्यो । भ्याली पब्लिकका अनिमेश अधिकारीले ११ अंक जोड्नुभयो । अक्षरिकाले शिक्षालय नेपाललाई ५३-२८ ले हरायो । अक्षरिकाका आयुश कार्कीले ११ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) लाई ३६-१० ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गर्नुभयो । उपाधिका लागि भ्याली पब्लिकले नेमोनिकविरुद्ध खेल्नेछ । अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपालमाथि ४४-२ को आरामदायी जित दर्ता गर्यो । नेमोनिककी खुसी तामाङले आठ अंक जोड्नुभयो ।
जुनियर मिक्समा भ्याली पब्लिकले आयोजक अक्षराको चुनौती ४३-१२ ले समाप्त पार्यो । भ्याली पब्लिकका विशाल परियारले १२ अंक बटुल्नुभयो । उपाधि भिडन्तमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्नेछ । आलोक विद्याश्रमले विद्या विकासको यात्रा १९-१३ ले पूर्णविराम लगायो । आलोक विद्याश्रमकी रिया कार्कीले १० अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच