
काठमाडौं । सन् २०२४ फेब्रुअरी १० तारिखदेखि चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ । यो पर्व विश्वभर रहेको चिनियाँहरुले मनाइरहेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि चिनियाँहरु नयाँ वर्ष मनाइरहेको छन् ।
चिनियाँहरू यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन । नयाँ वर्षको पहिलो दिनबाट बिभिन्न कार्यक्रम हुन्छ जुन १४ दिनपछि लालटिन पर्व सँगै अन्त्य हुन्छ । यो नयाँ वर्ष लुनार पात्रोको सुरूआतसँगै सुरु भएको मानिन्छ।
यही अवसरमा बुधबार साँझ काठमाडौको रत्नपार्कमा भव्य समारोह आयोजना गरिएको थियो । गेटदेखि नै चिनियाँ बिम्ब र संस्कृति झल्काउने आकर्षक बत्ति तथा सजाबटका सामग्री थिए । कार्यक्रममा चिनियाँ खानासहित बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच