इस्लामबाद। पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।
पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ । पाकिस्तानले भर्खरै आतंकवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको िनर्वाचनका लागि खटाइएको छ ।
पहिलो विष्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ ।
जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’
![काठमाडौंमा चिनियाँ नयाँ वर्षको रौनक [तस्बिरहरू]](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/china-new-year-3.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच