काठमाडौं, सिटिजन्स बैंक इन्टरनेशनलले बैंक तथा वित्तीय संस्थाबीचको स्वस्थ प्रतिस्पर्धालाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत ग्राहकको सुरक्षित भविश्यका लागि विभिन्न सुविधासहितका बचत र मुद्दती बचत योजना संचालनमा ल्याएको छ । बैंकले बचत, मुद्दती र अतिरिक्त मुद्दती बचत योजना संचालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्ष २०८० । ०८१ देखि ग्राहकको भरपर्दो साँझेदारका रूपमा आफूलाई उभ्याउँदै बैंकमा खाता खोल्न चाहनेका ग्राहकका लागि राम्रो ब्याजदर र उत्कृष्ट सुविधा उपलब्ध गराएको हो । बैंकले सबै उमेर समूह, पेशा र समुदायका लागि उपयुक्त निक्षेप खाताको व्यवस्था गरेको छ । महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, प्राविधिक ज्ञान भएका ब्यक्ति, युवा, एनआरएनलगायत सबैका लागि छुट्टा छुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाताको व्यवस्था रहेको छन् ।
सबै प्रकार निक्षेप बचत खातामा उच्चतम ब्याजदर मात्र प्रदान नगरी बैंकले विभिन्न सुविधा र उच्चतम फाइदा पनि प्रदान गर्दै आएको छ । जसअन्तर्गत मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ सेवा निःशुल्क प्रदान गर्नुका साथै बैंकको डेबिट कार्डले विभिन्न आउटलेट अर्थात एकसय ५० बढी रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्र, अन्तर्राष्ट्रिय अस्पताल जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालमा छुटको व्यवस्था मिलाएको छ । बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकले बीमामा ५० हजारसम्मको चिकित्सा बीमा र पाँच लाखसम्मको दुर्घटना मृत्यु बीमा योजना रहेका छन् । त्यतिमात्र नभइ ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अशक्त, बृद्धबृद्धा, बिरामीका लागि घरदैलो बैकिङ सेवासमेत प्रदान गर्दै आएको छ ।
त्यस्तै लकर सुविधा, ग्राहकको वैदेशिक यात्रामा सहयोग पु¥याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशी मुद्रा सटही सुविधा, ई कमर्स कार्डलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।
बैंकसँग रिक्योरिङ निक्षेप योजना पनि रहेका छन्, जुन हाइब्रीड उत्पादन भएकोले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्नेछ । म्युचुअल फण्डद्वारा प्रस्तावित एसआइपी योजनाभन्दा राम्रो प्रतिफल दिन्छ । बैंकले विभिन्न देशबाट नेपाललाई रकम पठाउने वैदेशिक रोजगारीमा रहेका कामदारको आईपीओ आवेदन प्रसोधनका साथै मुद्दती निक्षेपमा थप आकर्षण ब्याज उपलब्ध गराएको छ भने ग्राहकले एक साथ तीन खाता अर्थात बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सक्ने व्यवस्था पनि रहेको छ । त्यस्तै रेमिट्यान्स भुक्तानीका र्साथै ग्राहकले मोबाइल बिल, ल्यान्डलाइन बिल, बिजुली बिल, पानी बिल, विद्यालय/कलेजको शुःल्क भुक्तानी, दलाल भुक्तानीलगायत घरबाटै गर्न सक्ने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच