काठमाडौं । आगामी फागुन ११ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ को मोसन भिडियो सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
सशस्त्र प्रहरी बल पूर्वमहानिरिक्षक एवं वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘शरद’ को रचना र एलिशा कार्कीको संगीत रहेको गीतमा युद्धमा खटिएका सिपाहीको वीरताको गाथा प्रस्तुत गरिएको छ । कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई ऊर्जा दिने यो गीतमा राजेशपायल राईको स्वर छ ।
मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रूपमा प्रस्तुत गरिएको छ । अर्कोतर्फ सम्बन्धित गीतको भाव समेटिएको दृश्यसँगै तस्बिरयुक्त भिडियोलाई पनि गीति शब्दसँगै प्रस्तुत गरिएको छ ।
गीतले बाबाआमाको आशिष माग्दै, वीरहरूको पनि वीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाही भन्दै सिपाहीको कर्तव्य र जिम्मेवारीको वयान गरेको छ ।
गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको संघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रव्यदृश्य दुवै माध्यमले वर्णन गरेको छ । यो चलचित्र ब्रिटिस गोर्खा सिपाहीको साहसिक कथामा निर्माण गरिएको भए पनि यो गीतले सबै प्रकारका सिपाहीको बहादुरीको कथा भनेको छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रको कथाभावअनुसारकै यो गीत तयार गरिएको बताउनुभयो । यस गीतमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरूप घले, सारा राईलगायतका कलाकारहरूको अभिनय समेटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच