काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी यस वर्षको उत्कृष्ट व्यवस्थापकका रूपमा सम्मानित हुनुभएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)को ४३औँ वार्षिक साधारणसभाका अवसरमा म्यानले उक्त सम्मान प्रदान गरेको हो । अवस्थीलाई संघले म्यानेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको हो । नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्षसमेत रहनुभएका अवस्थी हाल महासंघमा कार्यरत हुनुहुन्छ ।
महिला म्यानेजर रिकगनाइजेसन अवार्डबाट आरती चटौत, लाइफ टाइम कन्ट्रीव्युसन अवार्डबाट पद्मलाल श्रेष्ठ र युथ आइकन रिकगनाइजेसन अवार्डबाट व्यवसायी मनोज पौडेल सम्मानित हुनुभएको छ । साथै साधारणसभाले संघको नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
संघको अध्यक्षमा ग्रोथ सेलर्सका संस्थापक मोहन ओझा निर्वाचित हुनुभएको छ । प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ सुमन पोखरेल, द्वितीय उपाध्यक्षमा मर्सेक बैंकका कन्ट्री चिफ हेमा अधिकारी, महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कविराज अधिकारी रहेका छन् । सदस्यमा धर्मेन्द्र अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्ण आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमार पाण्डा, अजय मिश्र र महेश स्वाँर रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच