![बाथरोग र यसबाट बच्ने उपाय](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bath-rog.jpg)
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनीहरूले बाँसबारी छाला जुत्ता, ललितानिवास, टीकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरूले विकास निर्माणका योजना लिएर जाने सांसदहरूलाई भेट नदिने गरेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद महराले सांसदहरूलाई सरकारका मन्त्रीहरूले भेट नदिने गरेका बताउनुभएको हो । उहाँले विकास निर्माणका योजनाहरूसँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीहरूले बेवास्ता गर्ने गरेको बताउनुभयो ।
उहाँले बाहिर सांसदहरू कुरेर बसिरहँदा भित्र मन्त्रीहरू दलालहरूसँग बसिरहेका हुने गुनासो गर्नुभयो । उहाँले आगामी दिनमा पनि मन्त्रीहरूले सांसदहरूलाई त्यसरी बेवास्ता गरेमा मन्त्रीका विरुद्धमा संसद्मा कडा रूपले प्रस्तुत हुने र मन्त्रीहरूका विरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिनुभयो । उहाँले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीहरूलाई निर्देशन दिन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरू आएर बसिरहेका हुन्छन् । तर, माननीयहरूले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईंहरूले संसद्का सदस्य माननीयज्यूहरूप्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईंका विरुद्ध फेरि योभन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ । हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रीहरू छन्, उहाँहरूलाई निर्देशन दिनुपर्यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र सोह्रौँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’ उहाँले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न मागसमेत गर्नुभयो ।
उहाँले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनका लागि योगदान पुर्याएका जनयुद्धका घाइते र बेपत्ताका परिवारलाई बेवास्ता नगर्न आग्रह गर्दै द्वन्द्वका घाइते, बेपत्ता परिवारलाई न्याय हुनेगरी काम गर्नुपर्ने माग गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभयो । मुलुकमा सुशासनको कामलाई व्यवस्थित गराउन सरकारले महालेखा परीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो । राईले बेरुजु फस्र्योट गर्नका लागि पनि सरकारले महालेखा परीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले संघीय निजामती सेवा ऐन छिटो संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । सुशासनको पाटोमा सहज ढंगले काम गर्न पनि सरकारले सो विधेयक संसद्मा ल्याउन ढिलाइ गर्न नहुने सांसद राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय निजामती सेवा ऐन आजसम्म आउन सकेको छैन ।
सुशासन दिनका लागि यो संघीय निजामती सेवा ऐन नआउँदा सुशासनको पाटोमा कर्मचारीहरूलाई ठिक ढंगले चलाउन सकिएको छैन । जनता सेवा प्राप्त गर्नबाट विमुख भएका छन् । सरकारको काममा गतिमा पनि यो संघीय निजामती सेवा ऐन नबनिरहँदा अवरोध पैदा भएको छ । सरकारले संघीय निजामती सेवा ऐन चाँडो ल्याओस् । र, यसलाई सरकारी कामकाजको दौरानमा सहजता प्रदान गरोस् ।
त्यसैगरी, सुशासनकै कुरा गरिरहँदा आज महालेखा परीक्षक रिक्त भएको नौ महिना बित्न लाग्यो । महालेखा परीक्षक आजको मितिमा पनि कामुबाट चलाइएको छ । हामीले सबैले सुनेका छौँ । बेरुजु बढेको छ । त्यहाँभित्र असुल गर्नुपर्ने बेरुजुको अंक पनि छ । त्यो अंक झण्डै २७ अर्बको हाराहारीमा छ । त्यो २७ अर्ब असुल गर्नुपर्ने बेरुजु असुल गर्ने हो भने पनि हाम्रो पूर्वाधार विकास निर्माणका लागि सहयोग नै हुन्थ्यो होला । पैसा भएन भनेर रोइकराई गर्नुपर्ने थिएन होला । यो पाटोमा पनि सरकारले ध्यान दिएन भन्ने मेरो भनाइ थियो । र सुशासनलाई व्यवस्थित गर्ने हो भने त्यो महालेखा परीक्षक नौ महिनासम्म कामुबाट चलाउने काम गर्दैनथ्यो । म आग्रह गर्दछु–महालेखा परीक्षक चाँडो नियुक्त गरियोस् ।’
सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिघा जमिन अहिले पनि विश्वविद्यालयले नपाएको जनाउँदै जमिन उपभोगका लागि सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले दाङलाई शैक्षिक हब बनाउने योजना सफल पार्न सरकारको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशको राजधानी दाङको विमानस्थल स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद उदयबहादुर बोहराले गत कात्तिक १७ गते गएको पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोटलगायत धेरै जिल्लामा ठूलो धनजनको क्षति भएको बताउँदै अहिले पनि पुनःस्थापना कार्य प्रभावकारी हुन नसकेको जानकारी गराउनुभयो । उहाँले भूकम्पपीडित जाडोले कठ्यांग्रिएर निमोनिया लगायतका रोगको शिकार भएकाले तत्काल उचित राहत र पुनःस्थापनाको काम गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच