काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । सिएनआई सचिवालयमा मंगलबार भएको छलफलमा अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत्, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।
सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूह ल्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै उहाँले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको बताउनुभयो । सिएनआईले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ ।
सिएनआर्ईले पर्यटन, सूचना प्रविधि, जलविद्युत्, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन चिनियाँ राजदूतलाई आग्रह गरेको हो ।
अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले चीन र भारतबीचमा अवस्थित नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि आग्रह गर्नुभयो । सिएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) बीच व्यावसायिक छलफल अघि बढिरहेको जानकारी गराउँदै उहाँले काउन्सिलमार्फत् नेपालमा चिनियाँ लगानी भि¥याउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको समृद्धिका लागि उच्च प्राथमिकतामा राखेको भन्दै नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्र पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भिœयाउन सोहीअनुरूप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने भन्दै राजदूत सोङले ऊर्जा, जडीबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमूलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताउनुभयो । दुई देशबीच व्यावसायिक सम्बन्ध थप प्रगाढ बनाउन नेपालको उद्योगीको छाता संस्था सिएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
छलफलमा सिएनआई पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षद्वय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजितविक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपकराज जोशीलगायत हुुनुहुन्थ्यो ।
लगानीका लागि अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईमा आयोजित वल्र्ड गभर्मेन्ट्स समिटलाई सम्बोधन गर्दै नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी गराउनुभएको छ ।
सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको उहाँले बताउनुभयो । ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने जानकारी दिनुभयो ।
उहाँले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराउनुभयो । ढकालले नेपाल सरकारले व्यावसायिक प्रक्रिया सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्न सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच