विश्व सामाजिक मञ्चको सम्मेलन शुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । आजबाट विश्व सामाजिक मञ्चको १६ औं संस्करणको सम्मेलन शुरु भएको छ ।

बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा १६ औं संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन शुरु भएको हो । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा ९२ मुलुकका करिव ४० हजार मानिसहरुको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुने भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ । -न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?