गोरखा । हरि सांस्कृतिक केन्द्र गोरखाले लोक कवि सुरेशकुमार भट्टलाई लोकाक्रिति सोली डोली-लोक वेद, लोक काव्य-साइनु उक्तकजस्ता नेपाली भाषा साहित्यमा नवीनतम् प्रयोग गरी हराउँंदै गएका पुराना अमूल्य भाषा रत्न लोकवेदको खोजी र संरक्षणका लागि २०७९ को ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०७९’ बाट सम्मान गरेको छ । उहाँलाई २५ हजार रुपैयाँको नगद राशीसहित सम्मान गरिएको हो ।
गोरखा सदरमुकाम शक्तिमार्गमा स्थित हरि सांस्कृतिक केन्द्रको आफ्नै भवनको हलमा भएको सो कार्यक्रममा निवर्तनमान अध्यक्ष केदार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता वर्तमान अध्यक्ष डा.प्रभा देवकोटा कैनीले गर्नु्भएको थियो ।
गैँडाकोट नवलपरासीका प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्द विनोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका संस्थापक संरक्षक ई ईश्वरचन्द्र देवकोटा, समाजसेवी मोहनलाल श्रेष्ठ, समाजसेवी बद्री मास्के, प्राध्यापक यदु अधिकारी, सल्लाहकार कवि विजयराज न्यौपाने, डा.नारायण खनाल, कवयत्री गीता रेग्मीलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच