काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुढीगंगा गाउँपालिका-१, पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृति तथा वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएको उक्त संस्थालाई सिटिजन्स बैंकले छ महिना पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्री प्रदान गरेको हो ।
शुक्रबार वृद्धाश्रममा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताउनुभयो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच