काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारको फाइलको छानबिन गर्दा कुर्सी हल्लिने डर आफूलाई नभएको बताउनु भएको छ । कुर्सी हल्लिने डर हुन्थ्यो भने भ्रष्टाचारको छानबिन नै नहुने उहाँको भनाइ थियो ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उहाँले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुर्सी हल्लिने डर मलाइ छैन । अहिलेको प्रतिपक्षले मलाई प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० दिन हो भनेर सोचेको थिए । विश्वभरिको अध्ययन पनि गरेको थिए– कति जना प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर । हाम्रो छिमेकी भारतमा अटल विहारी बाचपेइ १३ दिनमा हटेको देखेर आनन्द मानेको थिए । त्यसैले सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन।’
प्रधानमन्त्रीले सुशासन आफ्नो नारा नभइ संकल्प रहेको दाबी समेत गर्नुभयो । प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज १३ सांसदको जवाफ दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच