नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गतेसम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा चार करोड १७ लाख बराबर संकलन भएको छ । शनिबार सुनवल सी गेटमा एक कार्यक्रममार्फत् समितिले महायज्ञको आयव्यय सार्वजनिक सुनुवाइ तथा सम्मान कार्यक्रम गर्दै आम्दानी सार्वजनिक गरेको हो । महायज्ञका संयोजक भीमबहादुर थापा(भरत)को अध्यक्षता एवं लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतको उपस्थिति रहेको कार्यक्रममा आर्थिक संयोजक मोहन कार्कीले चार करोड १७ लाख ७४ हजार तीन सय ४० रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले यज्ञ अवधिभर विभिन्न शीर्षकमा ५६ लाख चार हजार तीन सय ६७ रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।
संयोजक थापाले महायज्ञमा सहयोग गर्ने दाताको रकम सदुपयोग गरिने विश्वास दिलाउँदै योग ध्यान निर्माणस्थल सबैको सहजता हुने हिसाबमा छनोट हुने बताउनुभयो । जुन संकल्पले महायज्ञ गरिएको हो, सोहीअनुसार रकम खर्च गरिने उहाँको भनाइ थियो । लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतले दीर्घकालीन महत्व रहेको ध्यान तथा योग भवन निर्माण अभियान सफल हुनेमा महायज्ञ उदाहरणीय भएको बताउनुभयो । धर्म र मनोरञ्जन नभई आफू बस्ने जग निर्माण गर्न लागिएको भन्दै उहाँले ध्यान केन्द्र निर्माणमा सुनवलबासीको साथमा रहेको बताउनुभयो । सुनवल नगर उपप्रमुख सूर्यप्रसाद दुवेले धर्म र संस्कृति संरक्षणमा जोड दिँदै आर्थिक मन्दीको समयमा धेरै आर्थिक सहयोग जुट्नु सुनवलबासीको सफलता भएको बताउनुभयो । नगरपालिकाले गर्नुपर्ने काम स्थानीयको पहलमा हुन लागेको भन्दै दुवेले अभियानलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । संकल्पकर्ता बालव्यास श्रवण न्यौपानेले महायज्ञ सञ्चालनमा जस्तै योग भवन निर्माणमा पनि उत्तिकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुनवल नगरभित्रका १३ वडामा रहेका सबैभन्दा ज्येष्ठ ११ जना महिला पुरुष नागरिक, कलश यात्रामा सहभागी विभिन्न संघसंस्था, झाँकी, विभिन्न समितिमा रहेर सहयोग गर्नेलाई सम्मान गरिएको समितिका महासचिव ईश्वरी भण्डारीले जानकारी दिनुभयो । सुनवल प्रेस क्लबको समन्वयमा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा सल्लाहकार, मूल समिति संयोजक, सहसंयोजक, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच