काठमाडौं । सफल उद्यमी अम्बिका श्रेष्ठ सम्मानित हुनुभएको छ । विपद्का बेला गरेको योगदानको कदर गर्दै स्पेन सरकारले उहाँलाई मंगलबार सम्मान गरेको हो । काठमाडौंको बत्तीसपुतलीमा आयोजित समारोहमा नेपालसमेत हेर्ने भारतस्थित स्पेनी राजदूतावासले उहाँलाई सम्मान प्रदान गरेको हो ।
भूकम्पका बेला उहाँले सहयोग गरेको र भारतबाट आएका दूतावासका प्रतिनिधिलाई सहयोग गर्न सघाएको दूतावासले जनाएको छ । उहाँ काठमाडौंस्थित स्पेनको महावाणिज्य दूतसमेत हुनुहुन्छ । द्वारिकाज ग्रुप अफ होटेल एण्ड रिसोर्टको अध्यक्षसमेत रहनुभएकी उहाँ नेपाल ट्रेक्स एण्ड नेचुरल हिस्टोरी एक्सपेडिसनको म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ ।
यस्तै, द द्वारिकाज हिमालयन साङ्ग्रिला भिलेज रिसोर्टको समेत अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण गर्दै उहाँले खुशी व्यक्त गर्नुभयो । विपद्मा सेवा गर्नु नै मानवको प्रमुख धर्म भएको भन्दै उहाँले स्पेन सरकारलाई धन्यवाद दिनुभयो । जहाँ समस्या हुन्छ त्यहाँ स्पेनले सहयोग गर्ने गरेको स्मरण गर्दै उहाँले स्पेनबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । अझै पर्यटनका क्षेत्रमा स्पेनले गरेको काम नेपालका लागि उदारहणीय हुनसक्ने उहाँको भनाइ थियो ।
उहाँसँगै व्यवसायी अर्चना श्रेष्ठलाई पनि स्पेनले सम्मान गरेको छ । काठमाडौंस्थित स्पेनी महावाणिज्य दूतावासकी एक्जुकेटिभ सेक्रटरीसमेत रहनुभएकी श्रेष्ठले स्पेनिस अधिकारीलाई नेपालमा महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरेको हो । दूतावासले द्वारिकाज होटेलकी म्यानेजिङ डाइरेक्टर संगीता श्रेष्ठ, होटेलकै पिआर म्यानेजर प्रभिन प्रधान र व्यवसायी वसन्त चौधरीलाई पनि सम्मान गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच