‘रंगेली’ को ट्रेलरमा समूहबीचको द्वन्द्व र प्रेम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच महाशिवरात्रिको अवसर पारेर यही फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

तीन मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा शहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित छ । ट्रेलरमा ‘डर र शक्तिको खेल’ प्रस्तुत गरिएको छ । तराई क्षेत्रमा घटेका विविध घटना र आयामलाई दृश्यमार्फत् देखाउने कोसिस गरिएको छ । राजनीतिको असरको समेत झल्को दिइएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको चलचित्रमा युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता, विवेक खड्का (योलो) एसोसियट निर्माता र जितेन्द्र खतिवडा एवं अनुजजंग थापा कार्यकारी निर्माता हुनुहुन्छ । सुशन प्रजापतीले छायांकन गर्नुभएको चलचित्रका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?