सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन खुल्ला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । बुक बिल्डिंग विधिबाट आइपिओ जारी गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु ३६० रुपैया ९० पैसा दरका २७ लाख ७६ हजार ७६ कित्ता आइपिओको बिक्री आवेदन खुला गरेको हो ।

यो आइपिओ भर्न लगानीकर्तालाई कमसेकम पनि अठार हजार पैतालिस रुपैयाँ आवश्यक पर्ने छ । याे आइपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । यो आइपिओ छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते निष्काशन बन्द हुनेछ ।

कम्पनीले गत पुसमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपिओ निष्कासन गरेको थियो ।  बैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि जारी गरेको आइपिओ बाँडफाँड पछि कम्पनीले सर्वसाधारणको लागि आइपिओ जारी गरेको हो ।

सर्वोत्तम सिमेन्टकाे आइपिओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ ।

बुकबिल्डीङ तथा प्रिमियम मुल्यमा खुल्ने आइपिओले साना लगानीकर्ताहरुलाई समेट्न नसकेको साना लगानीकर्ताहरु बताउँछन् । थोरै लगानी गरेर छोटो समयमा नै धेरै मुनाफा कमाउन सकिने भएकोले पछिल्लो समयमा आइपिओ तर्फ सर्वसाधारणहरु आकर्षित छन् । तर महंगो मुल्यमा आउने आइपिओले साना लगानीकर्ताहरुलाई समेट्न नसकेकाे भन्दै सामाजिक सन्जालमा बिरोधसमेत हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?