
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ११४ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव, सम्मान तथा पुरस्कार वितरण गरी मनाइएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पतालको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल बनाउनको लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो 'यो अस्पताललाई नमुना अस्पताल बनाउनको लागि कस्ले कहाँबाट कस्तो भूमिका खेल्नुपर्छ म तयार छु ।’ लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको प्रादेशीक अस्पतालको भवन निर्माण ३ बर्ष भन्दा छिटो समयमा पुरा गर्नको लागि आफुले पहल थालेकाे उहाँले बताउनु भयाे ।
स्वाथ्यमन्त्री खनालले १२ सय बेडको अस्पताल निर्माण भएपछि यसलाई स्वाथ्य शिक्षण अस्पतालको रुपमा विकास गरिने समेत बताउनु भयो ।
अस्पतालमा अहिले पनि जनशक्ति अभाव भएको भन्दै उहाँले प्रदेशका १३ वटा अस्पतालको ओएनएम सर्वे गरी छिट्टै नै करारबाट भएपनि जनशक्ति परिपूर्ति गरिने जानकारी गराउनु भयो।
प्रदेश लोकसेवाबाट पदपूर्ति नहुँदासम्मको लागि करार सेवाबाट प्रदेशका विभिन्न अस्पतालमा खाली रहेको १ सय ५ जना विशेषज्ञ चिकित्सकहरुको पदपुर्तीका लागि प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत प्राप्त भएको जानकारी दिँदै उहाँले छिट्टै विज्ञापन गरिने बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारबाट लुम्बिनी प्रादेशिक अस्पतालको लागि सटर विस्तापित गरे बापत बार्षिक ९ करोड आउनुपर्ने रकम मध्ये ६ करोड रकम आउनुपर्नेमा प्राविधिक त्रुटिको कारण आउन नसकेको बताउँदै उहाँले स्वाथ्य मन्त्रालयबाट अर्थ मन्त्रालयमा यो विषयमा लेखेर पठाएपनि प्राविधिक कारणले रकम आउन नसकेको विषयमा आफुले पहल समेत गर्दै आएको उहाँले बताउनु भयो।
प्रादेशिक अस्पतालको उत्तर तर्फको क्षेत्रमा लुम्बिनी ट्रेड कम्पलेक्स निर्माण गरी सोहीबाट आउने आम्दानीले अस्पतालको विकास र विस्तारमा थप टेबा पुग्ने र उक्त कम्लेक्स निर्माणको लागि पनि आफुले पहल जारी राखेको उहाँको भनाई रहेको थियो ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पताल ले पछिल्लो समयमा विशेषज्ञ सेवा थप गर्दै गएको भन्दै सीमित स्रोत र साधनका बिचमा सेवा विस्तारमा भएको कठिनाई प्रति आफू गम्भिर रहेकाे बताउनु भयो ।
लुम्बिनी प्रदेशको स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकीकृत विकास आवश्यक रहेको भन्दै आफूले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको बताउनु भयो ।
'प्रादेशिक अस्पतालको विकास र विस्तारको लागि हामी मन्त्रालयबाट पहल जारी रहेको छ, यसमा सबैको साथ र सहयोग भएमा पक्कै पनि नमुना अस्पाल बन्ने छ' डा पन्थीले भन्नुभयो ।’
लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्वाथ्यक्षेत्रको सुधारका लागि धेरै काम गर्न आवश्यक रहेको भन्दै यसको लागि अझै अस्पतालले विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
अस्पतालले अहिले पनि सुधारको काम धेरै बाँकी रहेको भन्दै प्राविधिक सुधार, प्रयोगशाला, लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । अस्पताल गरिब जनताको साझा अस्पतालको रुपमा विकास हुन आवश्यक रहेको भन्दै उहाँले यसको लागि प्रदेश सरकारले जनताको अस्पतालको रुपमा विकास गर्न आवश्यक रहेको उहाँले बताउनु भयो।
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेले अस्पातल अहिलेको अवस्थामा आउनको लागि धेरै पुर्वजहरुको साथ र सहयोग रहेको बताउँदै उनीहरुको योगदान भुल्न नहुने बताउनु भयो । लुम्बिनी प्रदेश सरकारको राजधानी दाङ गएपछि बुटवलका व्यापार व्यवसाय मा आधा कमी आएको भन्ने भ्रम मात्रै रहेको भन्दै उहाँले व्यापार विस्तार भएको कारण अहिले पछिल्लो समयमा ३० प्रतिशत व्यापार वृद्धि समेत भएको वताउनु भयो ।
पान्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई जोडेर मेडिकल कलेजको रुपमा अगाडी बढाउनुपर्ने भन्दै यसको लागि तामनगर क्षेत्रमा २५ विघा क्षेत्रफल मेडिकल कलेज स्थापनाको लागि नगरपालिकाले दिन तयार रहेको बताउनु भयो।
कार्यक्रममा पुर्व अध्यक्ष बाबुराम भट्टराई, पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन पोखरेल , नेकपा एमाले जिल्ला सचिव यज्ञ गैरे, नेकपा माओवादी जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एस जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेकपा जिल्ला सचिव विरेन्द्र सी मानव अधिकार तथा शान्तिसमाजका पुर्व केन्दीय अध्यक्ष गोबिन्द खनाल लगायतले अस्पतालको विकासका लागी आफुहरु सधैँ लागिरहने बताउनु भयो।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अस्पतालमा विभिन्न अभावको विचमा विभिन्न सेवा विस्तार गर्दै आएको बताउनु भयो । उहाँले अस्पतालको विकासको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको भन्दै यसको लागि सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो।
कार्यक्रम नर्सिड प्रमुख ज्योति पौडेलको स्वागत र प्रमुख प्रशासकिय अधिकृत राजन केसीको संञ्चालनमा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच