काठमाडौं । वसन्त थापा र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ सार्वजनिक भएको छ । प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा गम्भीर र गरिमा शर्मा फिचर्ड हुनुुहन्छ । भिडियोमा उहाँहरूलाईलाई रोमान्टिक भावमा देख्न सकिन्छ । गम्भीर र गरिमासँगै कोरसहरूलाई जातीय भेषभूषामा आकर्षक देखिएको छ ।
भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच