
काठमाडौं । वर्षाले खेल प्रभावित भएपछि त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपाल र हङकङले अंक बाँडेका छन् । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले आठ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको हो ।
घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ गरेको नेपालका लागि करण केसी र गुलशन झाले एक/एक विकेट लिनुभएको हो । हङकङका लागि कप्तान निजाकत खानले २५ रन र ओपनर ब्याट्सम्यान मार्टिन कोट्जी शून्य रनमा आउट हुनुभएको थियो । अंशुमान रथले ३६ रन र बाबर हायातले तीन रन बनाउनुभएको थियो । वर्षाका कारण त्यसपश्चात् खेल रद्द भएको हो ।
शनिबार भएको फ्रेण्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । सिधै फाइनलमा जान नेपालले पिएनजीलाई हराउनुपर्ने दबाब रहेको छ ।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आइतबारदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरु भएको हो ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच