काठमाडौं । नेपाल डेरी एसोसिएसनले आगामी बजेटका लागि सम्बन्धित निकायहरूमा भेटघाट सुरु गरेको छ । एसोसिएसनको टिमले पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुखहरूलाई भेटेर आगामी बजेटमा समेट्न विभिन्न सुझावसहित दुग्ध क्षेत्रका विविध विषयमा छलफल गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीसँगको भेटमा एसोसिएसन प्रतिनिधिमण्डलले आगामी बजेटमा एसोसिएसनसँग सहकार्य गरी काम गर्न र यस वर्षका कार्यक्रममा पनि एसोसिएसनसँग मिलेर काम गर्न आग्रह गरेको छ ।
बोर्डले साना, ठूला, मझौला र घरेलु डेरी उद्योग सबैलाई समेटेर लैजान आग्रह गरिएको एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले जानकारी दिनुभएको छ । त्यसैगरी पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई डेरी क्षेत्रमा मिलेर काम गर्न आग्रह गर्दै दूधको गुणस्तर सुधार गर्ने र दूधको परिणाम घटाउन देशभर दुर्ई समय दूध संकलन गर्ने, पशु दर्ता कार्यक्रम सुरु गर्न, प्लाष्टिक भाडामा दूध संकलन नगर्ने, छुर्पीको प्याटर्न राइट लिने, दूधको सिजनल मूल्य कायम गर्नलगायतका विषयमा छलफल गरिएको उपाध्यक्ष मनोज घिमिरेले बताउनुभयो ।
डेरी क्षेत्रमा विगत लामो समयदेखि खपत कम भई दुग्धजन्य पदार्थ बटर र धुलो दूध बढी हुन गई उद्योगको चालु पुँजीसमेत सबै स्टक सामानमा थन्किएकाले किसानको भुक्तानी समयमै हुन नसकेकामा दुःख लागेको महानिर्देशक दाहालले बताउनुभयो । खपत बढाउन एसोसिएसनले सुरु गरेको स्कुल दूध दिवसलाई निरन्तरता दिन र अझ नियमितरूपमा अघि बढाउने कुरामा पूर्णरूपमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
एसोसिएसनले सात सय ५३ वटै पालिका, प्रदेश र सम्बन्धित निकायलाई सकेसम्म भेटेर र सम्भावना नभएका स्थानमा लिखित पत्रमार्फत् आगामी बजेटका लागि आफ्ना सुझाव पठाइने एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालले बताउनुभएको छ । सो अवसरमा एसोसिएसनतर्फबाट अध्यक्ष प्रहृलाद दाहाल, केन्द्रीय सदस्य रमेश सञ्जेल र एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच