
काठमाडौं । बागलुङकोे पाण्डवखानीमा विसं २०४६ सालमा जन्मिनुभएका तारा पुन मौलिक नृत्यतर्फ अब्बलरूपमा आफूलाई अघि बढाइरहनुभएको छ । सानैदेखि नृत्य भनेपछि हुरुक्क हुने उहाँ पिता भारतीय सेनाका क्याप्टेन भए तापनि लाहुरे हुनेतर्फ कहिल्यै आकर्षित हुनुभएन । आफ्नो सानैदेखिको नृत्य र अभिनयको इच्छाले स्थानीयस्तरमा आयोजित हुने विभिन्न प्रतियोगितामा भाग लिने उहाँ प्रायः प्रथम स्थान हासिल गर्नुहुन्थ्यो । सानैदेखिको यही लगाव र हौसलाका कारण यो क्षेत्रमा स्थापित हुनुभयो नृत्यमा ।
नृत्यमा मात्र आफूलाई सीमित नराखी ताराले अभिनयमा पनि आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँले विसं २०६७ मा पाण्डवखानीको मगर समुदायमा आधारित चलचित्र ‘मायाको गाउँ’ मा मुख्य अभिनेता भएर अभिनय गर्नुभयो । उहाँ देशका विभिन्न ठाउँमा आयोजित हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा एकल साथै आफ्नो समूहका साथ प्रस्तुतिका लागि पुग्ने गर्नुहुन्छ । प्रायः मगर ड्रेसमा सजिएर कहरूवा र सालैजोलगायत मौलिक गीतहरूमा प्रशंसनीय शैलीमा नृत्य गर्ने कुशल नृत्यकार पुन विभिन्न गीतको म्युजिक भिडियोमा नृत्य अभिनय गर्नुका साथै पाण्डवखानीको धौलागिरि सांस्कृतिक घरमा नृत्य प्रशिक्षण पनि दिँंदै आउनुभएको छ ।
पछिल्लो समय नेपाली नृत्य क्षेत्रमा मौलिकता अलिक हराए पनि आफू सधैँ मौलिकताकोे निकट रहेर नृत्यसम्बन्धी विभिन्न कार्य गरिरहेकोे उहाँ बताउनुहुन्छ । तारा आगामी दिनमा यसकै आधारमा रहेर ‘गाउँले जीवन’ नामक भिडियो चलचित्र निर्माणकोे तयारीमा जुटेको बताउनुहुन्छ । झ्याउरे, सालैजो गीतहरूमा मौलिकता झल्किने विविध कार्य गरिरहेको उहाँको भनाइ छ । हाम्रो कला संस्कृतिको जगेर्ना गर्दै यसलाई आउँदो पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नुपर्ने दायित्वबोधका साथ आफू काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच