सबैजसो राजनीतिक दलहरू कतै घोषित त कतै अघोषित रूपमा मिसन ८४ लाई केन्द्रमा राखेको प्रष्ट अनुभूति भइरहेको छ । मिसन ८४ को आन्तरिक तयारीमा दलहरू कुनै न कुनै रूपले जुटिरहेको देखिन्छ । यसै क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालमा सबैभन्दा बढी छाटपटी भएको पाइन्छ । त्यसैको परिणाम स्वरूप प्रचण्ड (प्रधानमन्त्री) मा बढी अस्थिरता र अवसरवादी देखिन्छ । दोस्रो जनआन्दोलनपछिको जस्तो हाउभाउ र त्रासपूर्ण अवस्थाबाट खस्केर आज यस दयनीय स्थितिमा आइपुगेको छ । यही स्थितिबाट आफ्नो मुकुण्डो उदांगो हुने निश्चित भएपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डमा विचलन आएको छ ।
त्यहीँ विचलनको परिणाम हो गठबन्धनमा भएको फेरबदल । यद्यपि माओवादी केन्द्रका लागि कम्युनिष्टहरूसँगको गठजोड नेपाली कांग्रेससँग भन्दा केही हदसम्म स्वभाविक मान्न सकिन्छ । मिसन–८४ ले आजैदेखि पिरोलिँदा थोरैमात्रै सन्तुलन गुम्न गएमा कुन पार्टी कुन भड्खालोमा जाकिने हुन् यसै भन्न सकिने अवस्था छैन । तथापि जनताको नजरबाट दिनप्रतिदिन गिर्दै गएको पार्टी माओवादी केन्द्र सबैभन्दा बढी पिरोलिएको देखिन्छ । त्यसैको परिणाम आज सत्ता गठबन्धनमा फेरबदल आएको छ । यद्यपि नयाँ गठबन्धनमा समेत सुखद् लक्षण होलाजस्तो छैन प्रचण्डका लागि । किनकि यस अहिलेका गठबन्धनमा काग र स्यालको जमघट छ, कुनबेला कुनले कसलाई गल्र्यामगुर्लुम पार्ने हुन् ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
माओवादी नामको जनयुद्धले सकारात्मकभन्दा नकारात्मक दिशामा देशलाई ओरालो बाटोमा लग्यो । त्यसैको परिणामस्वरूप माओवादी आफैं पनि टुक्राटुक्रा भएर अस्तित्व रक्षार्थ संघर्षरत छ । त्यही अस्तित्व रक्षार्थ नेकपा एमाले र नेपाली कांग्र्रेस अनि रास्वपाको आड खोज्दै हिँड्दै गर्ने क्रममा छ माओवादी केन्द्र ।
नेपाली कांग्रेसजस्तो ढिलो पार्टीको सहकार्यमा सरकार चलाउन नसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काग र स्यालजस्ता छट्टु पार्टीको सहकार्यमा कसरी अघि बढ्छन् त्यो त हेर्नै बाँकी छ तर सामान्यतया दुवै छट्टु प्रचण्ड र ओली कसरी सुखद् सहयात्री बन्ने हुन् त्यो पनि विचारणीय विषय बनेको छ । धेरै राजनीतिक विश्लेषकहरूको कथन छ जबसम्म यो समानुपातिक निर्वाचन प्रणाली रहिरहिन्छ तबसम्म कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सक्तैनन् र यस्तै अस्वाभाविक र अस्थिर सरकार रहिरहन्छ । त्यस कारण चुनाव प्रणाली नै दोषपूर्ण भएपछि नेपालीको नियति नै यस्तै रहेछ भन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यही अस्थिरताको लाभ लिँदै प्रचण्ड कहिले नेपाली कांग्रेसको काँधमा चढेर एमालेलाई तर्साउने अनि त्यसै गरी एमालेको बुईमा बसेर कांग्रेस तर्साउने मौका लिइरहेको छ । यसैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रमाइरहेका छन् । यस्तो अवसर कहिलेसम्म दिइरहने हुन् भन्न सकिने अवस्था छैन । जबसम्म राजनीतिले सही बाटो समाउँदैन तबसम्म धेरै आशा राख्नु ब्यर्थ छ ।
माओवादी नामको जनयुद्धले सकारात्मकभन्दा नकारात्मक दिशामा देशलाई ओरालो बाटोमा लग्यो । त्यसैको परिणामस्वरूप माओवादी आफैं पनि टुक्राटुक्रा भएर अस्तित्व रक्षार्थ संघर्षरत छ । त्यही अस्तित्व रक्षार्थ नेकपा एमाले र नेपाली कांग्र्रेस अनि रास्वपाको आड खोज्दै हिँड्दै गर्ने क्रममा छ माओवादी केन्द्र । अहिले कांग्रे्रेससँगको सहकार्यमा उज्यालो पक्ष नदेखिएपछि ऊसँगको सहयात्रा तोडी ‘घुमिफिरी रुम्जाटार’ भनेजस्तै उहीँ पुरानो गठबन्धनलाई ब्युँताउने काम भएको छ । यस कार्यमा नेपाली कांग्र्रेसको हालै सम्पन्न महासमितिको बैठकको भूमिका महत्वपूर्ण भएको देखियो । माओवादी केन्द्र आफैं एक्लै चुनावी प्रतिस्पर्धा गर्न नसक्ने र कुनै न कुनै दलको सहारा चाहिने हुँदा त्यस सहयोगी भूमिकाको खोजीमा माओवादी थियो ।
नीति, नैतिकता र जवाफदेही तथा सुशासनको अभावमा मुलुक बर्बादीको बाटोबाट तीव्र गतिका साथ ओरालो लागेको छ । यही मौकामा प्रतिगामी शक्तिहरू सल्बलाएका छन् र अवस्था र व्यवस्था परिवर्तन गरौं पनि भन्दै छन् । यसको पछाडि यिनै प्रमुख भनिएका दलहरू पूर्णरूपमा जवाफदेही छन् ।
त्यो सहयोगी भूमिका कांग्रेसले निर्वाह नगर्ने निर्णयबाट आहात भएको माओवादी एमाले र रास्वपाको पोल्टामा पुगेको हो जसबाट आफ्नो फेस सेभ हुन सकोस् । नत्र चर्केर धुजा धुजा भएको माओवादी केन्द्र मिसन ८४ मा पत्ता साफ हुने निश्चित छ । २०८४ को संसदीय निर्वाचनमा बैशाखीविना हलचल गर्न सक्ने क्षमता माओवादी केन्द्रले राख्छजस्तो लाग्दैन । यो निष्कर्ष हालसम्मको परिस्थितिले निर्माण गरेको आधारमा भनिएको हो । यद्यपि सरकारको नेतृत्व प्रचण्डले गर्दै गरेको अवस्थामा भोलिका दिनमा कुनै त्यस्तो चामत्कारिक अवस्था नभएको हदसम्म माथिको विश्लेषण सही सावित हुनेमा कुनै दुविधा नहुन सक्छ । यस कारण पनि सरकारको नेतृत्वमा माओवादी अध्यक्ष प्रचण्डको अगाडि जीवनमरणको प्रश्न खडा भएको छ ।
त्यसका लागि हिजो, आज र भोलिका सत्तासहयात्रीप्रति जस्तोसुकै घात, बेइमान र षड्यन्त्र गर्न बाध्यात्मक परिस्थितिको उपज भनेर उम्कने प्रयाश गर्ने छन् तर त्यो उनको निर्लज्जताको पराकाष्ठा हुने छ र त्यहीँ दिनदेखि माओवादी केन्द्रको अस्तित्व मटियामेट भई इतिहासमा सिमित रहनेछ । जसरी पनि आफ्नो पार्टीको इज्जत, सान, प्रतिष्ठा जोगाएर आफ्नो नाक ठाडो राख्नु प्रचण्डको कर्तव्य हो । पार्टीले एकमतका साथ सहयोग र समर्थम पनि दिएको देखिन्छ तर पुरानो गठबन्धनको प्रमुख साझेदार पार्टी नेपाली कांग्रेसजस्तो अमर्यादित र अनुशासनहीनता उनीहरू अर्थात् माओवादी केन्द्रमा देखिएन । त्यसैको बलमा प्रचण्ड लज्जाहीन गतिविधि गर्न कत्ति पनि हिचकिचाहट गरेको देखिएन ।
सत्ता समीकरणको खेलमा नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षले मुख्य कारण बनेको छ । यद्यपि त्यो एउटा देखावटी कारण भए पनि अरू धेरै विषयहरूको पनि भमिका हुन सक्छ तर नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बेमौसमी मुद्दा नै गठबन्धन भत्कने कारक तत्व बन्यो । आगामी चुनाव अर्थात् मिसन ८४ मा गठबन्धनमुक्त कांग्रेस नारा नै अहिले कांग्र्रेस सत्ता बहिर्गमनको प्रमुख कारण बन्यो । जब कि सत्तासहयात्री माओवादी केन्द्र गठबन्धन बेगर पानीविनाको माछो हुने अवस्था छ । देखिने त्यही एउटा कारणले माओवादी बिच्किएर कम्युनिष्ट एकतासम्मको कुरा बाहिर आइरहेको पनि छ । यदि त्यसो भयो भने कांग्र्रेस तथाकथित युवा नेताहरूको सपना सपनामै सीमित रहने सम्भावना पनि त्यत्तिकै टड्कारो देखापर्दै छ ।
आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने सन्दर्भलाई थाती राखेर तत्कालीन परिस्थिति अनुकुल जे गर्दा उपयुक्त हुन्छ त्यही भनेर टुंग्याएको भए सम्भवत आजको स्थिति शायदै नआउन सक्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ । कांग्र्रेसमा आन्तरिक किचलो र मनोमालिन्यले संस्थापन पक्षलाई खुइल्याएर आफू सस्तो लोकप्रियतामा रमाउने मनोविज्ञानले आज नयाँ सत्ता समीकरणको निर्माण हुन गयो । यद्यपि लोकतान्त्रिक मूल्य र मान्यताको जगमा स्थापित पार्टी आफैंमा गौरवपूर्ण इतिहास निर्माण गरेको कुरा बिर्सेर रिसको पछि लाग्दा आज यस्तो अवस्था उत्पन्न भएको छ । अहिले ठूलो संख्यामा लोकतन्त्रवादीहरू विचलित भएका छन् । कोही दुर्गा प्रसाईंजस्ताको पछि दौडिएका छन् भने कति राप्रपाप्रति आकर्षित भएको देखिन्छ ।
अझै ठूलो परिमाणमा रास्वपातिर लागेका मात्रै होइन नेतृत्वसमेत सम्हाल्न पुगेका छन् । यसको प्रमुख जड स्वर्गीय गिरिजाप्रसाद कोइराला नै हुन् भन्न हिचकिचाउनु पर्दैन । आजको यस्तो अस्वाभाविक, अपबित्र गठबन्धनका सूत्राधार पनि उनै जिपी कोइराला नै हुन् । यदि पहिलो आमनिर्वाचनमा जनताले दिएको सुविधाजनक बहुमतको सरकार ढालेर मध्यावधि निर्वाचनमा नगएको भए के हुन्थ्यो होला यसो अनुमान गरौं त ? यद्यपि मध्यावधिमा जानुपछाडि अरू पनि जिम्मेवार थिए होलान् तर मुख्य जिम्मेवार वा दोषी त गिरिजाप्रसाद कोइराला नै थिए । त्यहीबाट बिक्रित राजनीतिले प्रश्रय पाउँदै आएको यथार्थ सबै घामजस्तै छलंर्ग छ । त्यसको आजको बिक्रित राजनीतिका जन्मदाता गिरिजाप्रसाद कोइराला हुन् ।
त्यही बिक्रित राजनीतिमा रमाउन तल्लीन छन् आजका दल र तिनका नेताहरू । नीति, नैतिकता र जवाफदेही तथा सुशासनको अभावमा मुलुक बर्बादीको बाटोबाट तीव्र गतिका साथ ओरालो लागेको छ । यही मौकामा प्रतिगामी शक्तिहरू सल्बलाएका छन् र अवस्था र व्यवस्था परिवर्तन गरौं पनि भन्दै छन् । यसको पछाडि यिनै प्रमुख भनिएका दलहरू पूर्णरूपमा जवाफदेही छन् । देश र जनताका लागि आफ्नो पद र प्रतिष्ठाको प्रवाह नगरी त्याग गर्न नसक्नेहरूबाट अब केही हुन्छ भन्नु व्यर्थ छ । दलका नेताहरू विशेष गरेर प्रधानमन्त्री प्रचण्ड जबसम्म आफ्नो फेस सेभ गर्न छलछामको नीतिबाट बाहिर निस्कँदैनन् तबसम्म सोचेनुसारको प्रगति र उन्नति गर्न सम्भव छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच