
आज पानी दिवस । पानीविना संसारमा केही कुराको पनि अश्तित्व रहँदैन । न कुनै वनस्पति रहन्छन् न त कुनै प्राणी नै बाँच्न सक्छन् । वनस्पति नरहेपछि तिनै वनस्पतिमा आश्रित प्रणी रहने सम्भावना नै रहँदैन । यस अर्थमा पानी नै सबै थोक हो । यही यथार्थलाई हृदयंगम गरी पानीसम्बन्धी सचेतता संबद्र्धन गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन थालिएको हो र यसले केही वर्ष पार गरिसकेको छ । तर, यहाँ स्मरणीय कुरा के छ भने हामीसँगै भएका अनन्त ज्ञानहरूको सदुपयोग र तीप्रति विश्वास हामी गर्न सकिरहेका छैनौं र त्यही हाम्रो ज्ञान पश्चिमाहरूले हामीलाई संस्मरण गराए भने त्यसलाई भने हामी अकाट्य मन्त्र मान्ने गर्छौं । पानीको आवश्यकता र महत्वका बारेमा हामीलाई थाहा नभएको होइन ।
जन्मनासाथ धुने पखाल्नेदेखि अन्तिम सास फेर्दासम्म पनि मुखमा पानी हालिदिने हाम्रो संस्कार छ । हाम्रो स्वस्तिमन्त्रमा हामीलाई उपयोगी हुने अनेकौं चीज वस्तुको शान्तिको कामना गरिएको हुन्छ । वनस्पति प्राणी तथा पानीको समेत शान्तिको कामना गरिएको छ । यसको आसय पानी वा जल प्रदूषण गर्नुहुँदैन भन्ने हो । पानीका मुहानहरू सुरक्षित गर्न सिकाइएको छ । सिमसारमा थुक्ने दिसापिसाब गर्नेजस्ता अपवित्र कार्यका हाम्रा मान्यताहरूले रोक लगाएको छ । त्यस्ता ठाउँहरूको पूजा गर्न सिकाएको छ । जललाई देवता ठानेर पूजा गर्ने चलन छ तर हामीले हाल आफ्ना त्यस प्रकारका मान्यताहरूलाई भुल्दै गएका छौं । हाल पश्चिमीहरूले सिमसारलाई ‘वेटल्याण्ड’ भनेर संरक्षण गर्न सिकाइरहेका छन् । त्यसलाई भने हामीले आत्मसात गरिरहेका छौं ।
ठोस तरल र बाफका रूपमा परिणत हुनसक्ने पानीको अन्य रूपभन्दा तरल रूपको बढी प्रयोग मानिसहरूबाट भइरहेको हुन्छ । सागर महासागरहरू पानीका अजस्र स्रोत हुन् । अत्यधिक मात्रामा तातेपछि बाफ बनेर बादलमा परिणत हुँदै संसारभरिको आकाशमा फिँजिएर वर्षा हुने पानी बढी मात्रामा हिमाल हाम्रो देशमा रहेका कारण हाम्रा हिमालहरूमा हिउँका रूपमा जम्मा हुन पुग्छ ।
हाम्रो कुरा जोबाट भए पनि सिक्दा हुन्छ । त्यसो गर्न हिचकिचाउनु पर्दैन । यिनै शाश्वततालाई बुझेर नै हामी हालका दिनहरूमा पानी दिवस मनाइरहेका छौं । वास्तवमा पानी नै जीवन हो । हामी नेपालीहरू पानीका धनी छौं । पानीमा विश्वको दोस्रो धनी देश हो हाम्रो देश नेपाल । तर, हामी कस्तुरीले आफैंसँग भएको बिना थाहा नपाए जसरी कतिपय ठाउँमा पानीको अभाव झेलिरहेका छौँ । ६ हजारभन्दा बढी संख्यामा भएका हाम्रा नदीनालाहरूबाट हामीले जलविद्युत् निकाल्न जति क्षमता राखेका छौं त्यसको दुई प्रतिशत बिजुली मात्र हालसम्म निकाल्न सकेका छौं । तैपनि हाम्रो मागको धेरै प्रतिशत समाधान भएको छ । हामीले हाम्रो क्षमताको सतप्रतिशत बिजुली निकाल्न सक्ने हो भने छिमेकाका धेरै देशहरूलाई विद्युत् निर्यात गरेर धनी बन्न सक्ने क्षमता हामीसँग छ ।
बिजुलीको विकासबाट अन्य सम्पूर्ण कुराहरूको विकास हुन सक्छ । त्यसकारण बिजुली विकासको आधारभूत कुरा हो । यसले अन्य विकासको बाटो खोलिदिन्छ । पानीलाई राम्ररी उपयोग गर्न सक्ने हो भने यसबाट सिँचाइ गरी जमिनको उर्बरा क्षमता बढाउन सकिन्छ । केही नहर र ठूला खालका कुलो पैनीको विकास गरिएको भए पनि हाम्रो देशका धेरै जग्गाजमिनहरू अझै पनि सिँचाइको अभावमा सुख्खा रहेका छन् । हाम्रो जल भण्डारको समुचित प्रयोग र उपयोग गर्न सक्ने हो भने यस्ता अभावहरू पनि टरेर जान सक्छन् । पानी सबैको साझा हो । कोही कसैको निजी सम्पत्ति होइन । यो प्रकृतिको वरदान हो । पानी पिउँन, खाना बनाउन, नुहाउन, लुगा धुन, सिँचाइ गर्नदेखि जीवनका हरेक कार्यमा नभई हुँदैन ।
ठोस तरल र बाफका रूपमा परिणत हुनसक्ने पानीको अन्य रूपभन्दा तरल रूपको बढी प्रयोग मानिसहरूबाट भइरहेको हुन्छ । सागर महासागरहरू पानीका अजस्र स्रोत हुन् । अत्यधिक मात्रामा तातेपछि बाफ बनेर बादलमा परिणत हुँदै संसारभरिको आकाशमा फिँजिएर वर्षा हुने पानी बढी मात्रामा हिमाल हाम्रो देशमा रहेका कारण हाम्रा हिमालहरूमा हिउँका रूपमा जम्मा हुन पुग्छ । त्यो पग्लिएपछि नदीका मार्ग बन्दै पुनः महासागरहरूमै पुग्छ । पुनः वाफ बनेर संसारव्यापी रूपमा वर्षामा परिणत हुन्छ । यस्तो जलचक्र सधैं चलिरहन्छ तर हालका दिनहरूमा मानिसका आफ्नै क्रियाकलापले गर्दा हावापानीमा फेरबदल भइरहेको छ । पृथ्वी तात्दै गएको छ । जसको नकारात्मक प्रभाव जल र जलचक्रमा पनि पर्न गएको छ ।

त्यसकारण पानीका कतिपय मुहानहरू सुक्दैगएका छन् । पानी भइरहेको ठाउँमा पानीको अभाव हुन थालेको छ र कतिपय खोला तथा नदीनालाहरूको पानी अत्यधिक मात्रामा प्रदूषित बन्न पुगेका कारण पहिले प्रयोगमा आइरहेको भए तापनि हालका दिनहरूमा प्रयोग गर्न नसकिने आवस्थामा पुगेको छ । यस्तो अवस्थामा केही वर्ष पहिलेदेखि मनाइँदै आएको पानी दिवसको ठूलो महत्व छ । यस दिवसले पानीको संरक्षण गर्न, खेर नफाली भएको पानीबाट आफ्ना आवश्यकताको परिपूर्ति गर्ने, यसको सहयोगले विभिन्न खालका प्रविधिको सञ्चालन गर्नेलगायत कार्यका लागि हामीलाई सचेत गराउने, ज्ञान तथ सीप प्रदान गर्नेजस्ता अनेकौं कुरा सिकाउने भएकाले पानी दिवसको विशेष महत्व छ । पानी बचाऔं, यसको दुरुपयोग नगरौं र पानी प्रदूषण हुन नदिऔं । पानी दिवसको हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच