सर्वस्वसहित जन्मकैद फैसला भएका प्रतिवादीलाई २२ बर्षपछि पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले सर्वस्वसहित जन्मकैद फैसला भएका प्रतिबादीलाई २२ बर्षपछी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नम्बर १६ घर भएका बर्ष ४२ का करण गुरुङ रहेको प्रहरीले जनाएको छ । २०५८ कार्तिक १५ गते सोही ठाउँ निवासी बुद्धिजंग रानालाई गुरुङसहित ४ जनाको समुहले गोलि प्रहार गरेपछि रानाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सांस्कृतिक कार्यक्रममा पार्किङमा राखिएको बाईकको हेलमेटका बिषयमा बिवाद हुँदा घटना भएको थियो । मृतक रानालाई गुरुङलगायत ४ जनाको समुहले मोटरसाइकल रोकी गोली प्रहार गरेको प्रहरीको भनाई छ ।

जिल्ला अदालतले २०६६ असार २८ गते प्रतिबादी गुरुङलाई सर्वस्वसहित जन्मकैदको सजाए सुनाएकोमा गुरुङ हाल सम्म फरार रहेका थिए ।पक्राउ परेका उनलाई सजाय भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?