
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा जीवन विज्ञान प्रतिष्ठानको सभाकक्षमा कलाकारका लागि खुशी जीवन कार्यक्रम सम्पन्न भएको छ । कलाकारको शारीरिक मानसिक र भावनात्मक स्वास्थका लागि सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने संवेग, उत्तेजना र अस्थिर मनलाई कसरी व्यवस्थापन र खुशीमा रूपान्तरण गर्ने सो को प्रयोगात्मक अभ्यास पनि गराउनुभएको थियो । उहाँले मानिस खुशी हुन मन व्यवस्थापन गर्नुपर्छ र मनको व्यवस्थापनका लागि ऊर्जाका सातवटा केन्द्र सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाले मानव जीवनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मनलाई स्थिर बनाउनुपर्ने र त्येसका लागि चक्रको संतुलन हुनुपर्ने अनुभव कार्यक्रमबाट पाएको सुनाउनुभयो ।
कार्यक्रममा सहभागी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यस्ता कार्यक्रम कलाकारका लागि उपलब्धिमूलक हुने बताउनुभयो । कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले कार्यक्रमको संयोजन तथा संघका सहकोषाध्यक्ष पवित्रा आचार्यले सहसंयोजन गर्नुभएको थियोे ।
कार्यक्रमका लागि समन्वय कलाकार तथा जीवन विज्ञानकी साधिका निरु खड्काले गर्नु भएको थियोे । ७५ जनाभन्दा बढी कलाकार सहभागी भएको उक्त प्रयोगात्मक अभ्यासका सहभागीले सुख शान्ति र समृद्धिको जीवनका लागि यस्ता अभ्यासले मार्ग सहज गर्नेमा सहयोग पुर्याउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच