पश्चिम नवलपरासीमा असिना पानीले साढे तीन करोडको काँचो ईटा नष्ट

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा असिनापानीले साढे तिन करोड रुपैयाँ बराबरको काचो ईटा नष्ट भएको छ ।

सोमबार बेलुका परेको असिनापानीले जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा सुकाउन राखिएका काँचो ईटा नष्ट गरेको हो । जिल्लाभरका उद्योगबाट १ करोड २० लाख गोटा काँचो ईटा वर्षाका कारण गलेर नष्ट भएको ईटा व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण नारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो - 'असिना र पानीको कारण काचोँ ईटा नष्ट भयो । पानी अचानक आएकोले जोगाउनु सकिने कुनै पनि विकल्प नै भएन' ।  साढे तिन करोड रुपैयाको कोचो ईटा नोक्सान भएको श्रेष्ठको भनाइ छ ।

असिनासहितको बर्षाले सात लाख गोटा ईटा नष्ट भएको बालाजी ईटा उद्योगका सञ्चालक कुल प्रसादआचार्यलले बताउनु भयो । सोमबार राती एक्कासी असिना र पानी आएपछि करिब २५ लाख भन्दा माथीको काचो ईटा पुर्ण रुपमा क्षति भएकाे आचार्यले बताउनुभयाे ।

वर्ष भरी बेच्नका लागि तयार गरिएको ईटा पानीले नष्ट गरेपछि ईटा व्यवसायी मारमा परेका छन् । ठुलो पानी परेका कारण सुकाउन राखिएका ईटा पुर्ण रुपमा नष्ट भएको छ । पानीले नष्ट गरेपछि जिल्लामा ईटा उत्पादनमा पनि कमि आउने श्रेष्ठले बताउनुभयो । ईटामा पुगेको क्षतिले व्यवसायी निकै मारमा परेको बताउदै सरकारले उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्नेमा उद्योगी व्यवसायीको जोड छ ।

अहिले बैंकको व्याजसमेत तिर्न कठिन भएको अवस्थामा ईटामा वर्षाले पुर्याएको क्षतिले व्यवसायीलाई झनै निराश बनाएको श्रेष्ठले बताउनुभयो । आर्थिक मन्दीले निर्माणका काम सुस्त गतिमा चल्दा यो क्षतिले ईटाको मूल्य बढ्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?