✍️ नन्दकृष्ण जोशी
सुदूरपश्चिमका राजनीतिक कमाण्डर शेरबहादुर देउवा हाल नेपाली कांग्रेसका सभापति हुनुहुन्छ । यो उहाँको दोस्रो पटकको कार्यकाल हो । सात पटक डडेलधुराबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित देउवा पाँच पटकसम्म देशको प्रधानमन्त्री पद सम्हाल्ने सुदूरपश्चिम र देशकै भाग्यमानी धर्तिपुत्र हुनुहुन्छ । यिनै कारणले राजनीतिक नजरमा उहाँ सबैको साझा नेता हुनुहुन्छ । नेपाली कांग्रेसभित्र प्रष्ट रूपमा दुईवटा गुट देखिए तापनि उहाँको भूमिका सबैका प्रति राजनीतिक न्याय दिलाउनु पर्ने देखिन्छ । यति बेला नेका पार्टीभित्र त्यागी, निष्ठावान र राजनीतिक सुझबुझ भएका सयौं कार्यकर्ता राजनीतिक अवसरबाट वञ्चित छन् । तिनीहरूकाप्रति न्याय गरी जिम्मेवारी दिलाउनु सभापतिको कर्तव्य हुन आउँछ ।
गत असार ५ गते धनगढीबाट गृहजिल्ला बझाङ जाने क्रममा सुदूरपश्चिम प्रदेशका कानुन तथा आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंह र उहाँकी धर्मपत्नीको सडक दुर्घटनामा परी निधन भयो । यसैगरी इलाम-२ बाट निर्वाचित पूर्वसभामुख सुवास नेङवाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भयो । नेपाली कांग्रेस बझाङ ‘क’ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्व.सिंह र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नेम्वाङको स्थान रिक्त रहेकाले आगामी वैशाख १५ गते निर्वाचन गरिँदै छ । अब निर्वाचनका लागि एक महिनामात्र बाँकी छ । निर्वाचन आयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको कार्यसूची तोकिसकेको सन्दर्भमा बझाङ र इलाममा नेकपा एमालेले उम्मेदवार चयन गरिसकेको छ ।
विसं २०४६ सालको जनआन्दोलन सफल पार्न सुदूरपश्चिमका नौवटा जिल्लामध्ये पहिलो पंक्तिमा रहेको थियो बझाङ । आन्दोलनको नेतृत्व त्यसबेला अर्जुनजंगबहादुर सिंह र सुरेश मल्लले गर्नुभएको थियो । सेतीको जँघार तरेर तत्कालीन प्रशासनको आँखा छली सदरमुकाम चैनपुर कब्जा गरेको इतिहास बढो सम्झनलायक छ ।
नेपाली कांग्रेस गृहकार्यमा जुटेको छ । यस कार्यमा कांग्रेसले ढिलाइ गरेको सम्बन्धित जिल्लाका उम्मेदवारका प्रत्यासीको गुनासो छ । आफ्नो दाबी पेश गर्न देउवा निवास बूढानीलकण्ठमा दुवै जिल्लाबाट नाम सिफारिश भएर आएका कार्यकर्ताको भीड दिनहुँ लागिरहेछ । नेपाली कांग्र्रेस संसदीय दलको बैठक बसिरहेको छैन । सभापति देउवा कम बोलेर सबै आकांक्षी उम्मेदवारलाई आश्वासन दिइरहनु भएको छ । नेकपा एमालेले बझाङ ‘क’बाट दमनबहादुर भण्डारी र इलाम-२ बाट सुभास नेम्वाङका छोरा सुहाङ नेम्वाङको नाम सिफारिश गरिसक्यो । तर, कांग्रेसको बाँकी रहेकाले उम्मेदवारका प्रतिस्पर्धीबीच लिगलिगकोटको दौड तीव्र छ । यसैगरी समाजवादीले पनि उम्मेदवारको नाम चयन गरिसक्यो ।
राजनीतिक केन्द्रबिन्दु राजधानीबाट सुदूरपश्चिम र सुदूरपूर्व धेरै टाढा छन् । दुवै पहाडी जिल्ला हुन् । दुवै जिल्लाको भौगोलिक अवस्था र परिस्थितिमा केही समानता देखिए तापनि बझाङ हिमाली र पहाडी जिल्ला हो । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, बझांगी राजा ओमजंगबहादुर सिंह जन्मेको जिल्लाका नाताले राजनीतिमा धेरै अर्थ राख्दछ । यसैगरी चियाको लागि प्रख्यात इलाम जिल्लाबाट २०६४ सालको संविधानसभाको चुनावमा निर्वाचित हालका नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमनत्री पद सम्हालिसक्नुभएको छ । यी दुवै जिल्लाको राजनीतिक परिणामले दुवै प्रदेशको सरकार गठनमा निकट भविष्यमा ठूलो असर गर्ने देखिन्छ ।
केही चर्चा बझाङ जिल्लाको गरौं । वर्तमानमा चुनाव धेरै खर्चिलो देखिँदैछ, पछिल्लो समयमा गाउँ छाडी शहर बसाइँसराइ गर्नेको संख्या बढ्दो छ । मतदाताहरूलाई शहरबाट गाउँ लैजाने, रासनपानीलगायत सम्पूर्ण खर्चको जिम्मेवारी स्वयं उम्मेदवारले व्येहोर्नुपर्नेछ । धनगढी उपमहानगर, नेपालगञ्ज र काठमाडौं उपत्यकामा बसोवास गर्ने बझाङका मतदाता धेरै छन् । राजनीतिक चेत भएका कार्यकर्ताले गाउँबस्तीलाई राजनीतिक खुराक दिलाउने भएकाले सबै ठाउँका मतदातालाई सुव्यवस्थित गराई मतदान केन्द्रमा लगि आफ्नाप्रति भयरहित तरिकाले मतदान गर्न लगाउनु उम्मेदवारको प्रथम कर्तव्य हुन आउँछ । यो जिल्लामा विगतका चुनावी अनुभवबाट नेपाली कांग्रेस र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।
क्षेत्र नं.१ बाट २०४८ र २०५६ सालमा नेकाले जित हात पारेको थियो । त्यसबेला बलियो उम्मेदवार मानिएका नेकाका नेता हालका केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंहले दुईपटक सफलता र तीनपटक असफलता व्यहोर्नुप¥यो । पूर्वमन्त्री पृथ्वीबहादुर सिंहले विसं २०७४ को संघीय निर्वाचनमा नेकपा एमालेका भैरवबहादुर सिंहसँग पराजित हुनुप¥यो भने गठबन्धनका कारण २०७९ को प्रदेशको चुनावमा भारी मतले विजय हासिल गराए बझांगी जनताले । उनको निधनपछि सो रिक्त स्थानका लागि नेका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले दशजना प्रतिस्पर्धीको नाम केन्द्रमा सिफारिश गरेर पठाएको छ । जसमा सत्यराज भण्डारी, श्रीमती शान्ति बोहोरा, जगतप्रसाद जोशी, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, जगतबहादुर सिंह, लोकेन्द्र रोकाया, ध्रुवराज उपाध्याय, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् ।
यी सबै प्रतिस्पर्धीको राजनीतिक भूमिका केन्द्रदेखि जिल्लासम्म महत्वपूर्ण रहेको देखिन्छ । प्रतिबन्धित कालदेखि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दासम्म सदैव तनमन लगाएर लोकतन्त्रप्रति निष्ठाका साथ सेवा गरेका व्यक्तित्वका कारण सबैको दाबी रहनु स्वाभाविक हो भन्ने तर्क गर्नुहुन्छ पूर्वराज्यमन्त्री एवं नेका बझाङका डा.सुरेश मल्ल तथा नरेशबहादुर सिंह ।
लोकतन्त्रको रक्षाका लागि र जिल्लाको विकासका लागि निकट भविष्यमा सम्पन्न हुने निर्वाचनमा जनताले नयाँ अनुहार र विकासवादी नेता चाहेका छन् । भ्रष्टचारको दलदलबाट फस्न खोजेको समाजलाई बचाउनका लागि पनि नेपाली कांग्रेसले समझदारीपूर्ण निर्णय गर्ने नै छ ।
विसं २०४६ सालको जनआन्दोलन सफल पार्न सुदूरपश्चिमका नौवटा जिल्लामध्ये पहिलो पंक्तिमा रहेको थियो बझाङ जिल्ला । आन्दोलनको नेतृत्व त्यसबेला अर्जुनजंगबहादुर सिंह र सुरेश मल्लले गर्नुभएको थियो । हिमनदी सेतीको जँघार तरेर तत्कालीन प्रशासनको आँखा छली सदरमुकाम चैनपुर कब्जा गरेको इतिहास बढो सम्झनलायक छ । स्व.ज्योतिप्रकाश जोशी, चेतराज बझाल (हालका जयपृथ्वी नपाका मेयर), स्व.लक्ष्मीराज जोशी, शमशेर बम, सिद्धराज जोशी, हेमन्तबहादुर सिंहलगायत नेता कार्यकर्ताले बझाङ कारागारमा कष्टकर जीवन ब्यतीत गर्नुभएको थियो ।
आन्दोलन सफल पार्न र बन्दीहरूलाई बाहिरबाट सहयोग गर्न स्व.वेदप्रसाद जोशी, सत्यराज भण्डारी, रमेश भण्डारी, जगतप्रसाद जोशी, स्व.दीर्घराज जोशी (श्री सत्यवादी माविका तत्कालीन प्रअ), स्व.प्यारु कठायत, मोहनराज उपाध्याय, विष्णुभक्त जोशी आदिले निकै सहयोग गरेका थिए । नेता स्व.लोकराज जोशी, नरेशबहादुर सिंह काठमाडौं र धनगढी कारागारमा थुनिनुभएको थियो । यसैगरी २०६२÷०६३ सालको प्रतिगमन कदमको विरुद्धमा लागेर आन्दोलन सफल पार्न बझाङका नेकाका युवा नेताहरूको राजनीतिक संघर्ष बढो कष्टकर देखिन्छ । हर्कजंगबहादुर सिंह (पूर्वपार्टी सभापति), खड्ग बोहोरा (वर्तमान पार्टी सभापति), पुष्कल बोहोरा (क्षेत्रीय सभापति), उत्तम रोकाया (खप्तड छान्ना गाउँपालिका अध्यक्ष), ज्ञानबहादुर बोहोरा (मष्टा गाउँपालिका अध्यक्ष), लोकेन्द्र रोकाया, भक्तराज जोशी, हर्कजंगबहादुर सिंह कृष्णबहादुर विष्ट, उत्तम मल्ल, जयभक्त जोशी, नारायण हमाल, राजी खड्का, देवी सेठी, उत्तम जोशी, हिरेन्द्र छत्याल आदिको भूमिका बझांगी जनताले सदैव सम्झिरहेका छन् ।
सो आन्दोलन सञ्चालनार्थ नेकपा एमाले नेता भानुभक्त जोशीको नेतृत्वमा जनआन्दोलन सफल पार्न कैयौं नेताकार्यकर्ताको भूमिका पनि उत्तिकै प्रशंसनीय छ । यसैगरी तत्कालीन विद्रोही माओवादीका नेता शंकर खड्का, देवराज रेग्मी, जनक बुढा आदिको नेतृत्वमा भूमिगत रूपमा रही २०६२/०६३को जनआन्दोलन बझाङ जिल्लामा सफल पारेको इतिहास सम्झन लायक छ । प्रजातन्त्र र लोकतन्त्रको हराभरा आँगनी हो सुदूरपश्चिम । अझ बझाङ जिल्लाको राजनीतिक इतिहास चाखलाग्दो छ । बझांगी राजा र सर्वसाधरण जनतामा प्रजातन्त्र र लोकतन्त्रप्रतिको अगाध आस्था अन्य जिल्लाको नागरिकभन्दा उच्च रहेको पाइन्छ । भौगोलिक विकटताले राजनीतिक आस्थालाई असर पार्दो रहेनेछ ।
नेपालको विशेष गाउँपालिका साइपाल र दहबगरका जनताको लोकतन्त्रप्रतिको विश्वास अटल छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन काडा गाउँविकासलाई विशेष गाउँपालिकामा परिणत गर्न विशेष भूमिका खेलेको कुरा त्यहाँका जनताले भूलेका छैनन् । कुनै बेला सदरमुकाम पुग्न चारदिन हिँड्नुपर्ने बाध्यता थियो । चार महिनामात्र त्यहाँका जनताले खान पाउँथे । एक वडाबाट अर्को वडामा पुग्न चार घण्टाको भीरको बाटो पैदलयात्रा गर्नुपथ्र्यो । अकालमा सुत्केरी महिलाको ज्यान जाने गथ्र्यो त्यसबेला । अहिले त्यस्तो छैन, क्रमिक रूपमा विकास भइरहेको छ भनी खुशी व्यक्त गर्छन् साइपालका गाउँपालिका पूर्वअध्यक्ष राजेन्द्र धामी र वर्तमान अध्यक्ष मानबहादुर बोहोरा ।
सदरमुकामदेखि उत्तरतिरको भू-भागको नेतृत्व सम्बन्धित भेगको उम्मेदवारले पाउनुपर्छ भन्ने त्यहाँका जनताको जोडदार माग छ ।
लोकतन्त्रको रक्षा, जिल्लाको विकासका लागि निकट भविष्यमा सम्पन्न हुने निर्वाचनमा जनताले नयाँ अनुहार र विकासवादी नेता चाहेका छन् । भ्रष्टचारको दलदलबाट फस्न खोजेको समाजलाई बचाउन पनि नेपाली कांग्रेसले समझदारीपूर्ण निर्णय गर्ने नै छ । चुनावमा नेपाली कांग्रेस नेता पृथ्वीबहादुर सिंहले जित हासिल गरेको सिट कायम राख्न चाहन्छ, नेकपा एमाले गुमाएको सिट फिर्ता गर्न चाहन्छ ।
यसरी हेर्दा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुनेछ । नेकपा माओवादी र समाजवादी पार्टीले बेग्लाबेग्लै उम्मेदवार खडा गरेका छन् । देशमा लोकतन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेको पार्टी नेकाका उम्मेदवारले जित हासिल गरेको खण्डमा २६ सिट रहेको हालको प्रदेश सरकारमा एक सिटको उपलब्धिले वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र उहाँको सरकारलाई सजिलो हुने लक्षण देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच