काठमाडौं । नेपाली कलाक्षेत्रको आकर्षण बढ्दो छ । त्यसैले यसमा भविश्य देखेर भित्रिनेको भिड दिन प्रतिदिन बढ्दो छ । यस्तैमा कलाक्षेत्रमै केही गरांै भनेर होमिनुभएको हो बिना श्रेष्ठ । करिब सात वर्षअघि नेपाल सरकारका लागि निर्माण भएको बिभिन्न शैक्षिक विज्ञापन अभिनयबाट अभिनयमा डेब्यु गर्नुभएकी श्रेष्ठ काभ्रेकी बासिन्दा हुनुहुन्छ ।
विज्ञापनको राम्रो चर्चापछि ‘ओभरडोज’ नामक चलचित्रबाट उहाँले अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएको हो । अमेरिका बस्ने दुई नेपाली युवाको कथामा निर्माण भएको यो चलचित्रबाट उहाँले राम्रो चर्चा बटुल्नुभयो । चलचित्रले नेपालमा सार्वजनिक प्रदर्शनबाट खासै चर्चा पाउन सकेन । तर, उहाँको अभिनयको भने तारिफल भयो ।
अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको चलचित्र ‘ओभरडोज’ सुमन पौडेलको कथा एवं निर्देशनमा तयार भएको थियो । ड्रग्स र अपराधको कथामा निर्माण भएको चलचित्रले समाजमा राम्रो र सकारात्मक म्यासेज दिने भएकोले आफूले अभिनय गरेको बिना बताउनुहुन्छ ।
चलचित्रका निर्देशक पौडेलले पनि बिनाको अभिनयको कारण चलचित्रले तारिफ पाएको सुनाउनुहुन्छ । चलचित्र अभिनयमा बनावटीभन्दा यर्थाथ पस्कन रुचाउने श्रेष्ठको लगातार चलचित्रमा अभिनय गर्ने सोच छ । आधा दर्जन जति म्युजिक भिडियो र केही चलचित्रमा काम गरिसक्नुभएकी उहाँ अभिनय पनि सिक्दै हुनुहुन्छ । अभिनयमा आफूलाई निखार्न अभिनय सिक्नथालेको बताउने उहाँको नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक र दक्ष अभिनेत्रीको परिचय बनाउने सोच छ । आइटी इञ्जिनियरसमेत रहनुभएकी उहाँ अभिनयमा फरक–फरक भूमिका गर्न रुचाउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच