काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ । अफरअन्तर्गत आइएमई पे एपमार्फत् अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यासब्याक साथै अन्य पुरस्कार पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
जेठ मसान्तसम्म चल्ने अफरका तीन भाग्यशाली विजेताको नाम आइएमई पेको सामाजिक सञ्जालमा सार्वजनिक गरिने र पहिलो भाग्यशाली विजेताले हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत क्यासब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन् भने तेस्रो विजेताले चन्द्रागिरि हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।
साथै आइएमई पेमार्फत् टिकट खरिद गर्ने ग्राहकले हरेक हवाई टिकटमा उच्चतम् रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच