काठमाडौं । महिला सशक्तीकरण र उत्थानका लागि डिभी एजुकेसन ग्रुपले सञ्चालन गरेको ‘सक्षम नारी ४.०’ अभियान शनिबार समापन गरिएको छ । मार्च २६ मा सुरु भएको अभियान सफल र उत्साहसाथ सम्पन्न भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार विभिन्न पृष्ठभूमिका महिलालाई उनीहरूमा सीप र ज्ञान बढाउन सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानमा सुनगाभा नेपाल, साथी संस्था, एबिसी नेपाल, गेट संस्था, ल ढोका नारी घर, अपच्र्युनिटी भिलेज नेपाल, फन प्ले लर्न संस्था र उन्नति फाउण्डेसन सक्षम नारी ४.० मा जोडिएका थिए ।
अभियानअन्तर्गत डिभी एजुकेसनको शुभश्री कलेज अफ म्यानेजमेन्टले विभान्ता काठमाडौंसँगको साझेदारीमा पेस्ट्री र बेकरीमा कार्यशाला आयोजना गरेको थियो भने मेकअपका साथै पर्सनल ग्रुमिङसम्बन्धी प्रशिक्षण सत्र आयोजना गरेको थियो । ब्युटी बार एण्ड एकेडेमीले महिलालाई आत्मविश्वास र व्यावसायिक सीपमा सशक्तीकरण गरिएको बताइएको छ ।
सोही अवसरमा ट्रिटन सेकेण्डरी स्कुल तथा कलेजले राष्ट्रिय क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा प्राथमिक उपचारसम्बन्धी तालिम दिएको थियो । ट्रिटन सेकेण्डरी स्कुलले मन्टेश्वरी प्रशिक्षण तालिम प्रदान गरेको थियो भने शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले धुलिखेल नगरपालिकासँगको साझेदारीमा महिलाका लागि डिजिटल साक्षरता र उद्यमशीलता सशक्तीकरणसम्बन्धी कार्यशाला गोष्ठी गरेको थियो ।
अभियान समापनका अवसरमा आयोजित प्यानल डिस्कसनमा ओहो केकका सिइओ सन्तोष पाण्डे, सुनगाभा नेपालका प्रबन्ध निर्देशक रेणुका मानन्धर, एनडिएम कर्पोरेट सोलुसनका परामर्शदाता निदा दून-मल्ल, मिस नेपाल २००० उषा खड्गीलगायत सहभागी थिए । डिभी ग्रुपका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले नेपाली महिलाको आर्थिक सशक्तीकरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरिएको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच