काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सञ्चालन सुरु गरेका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा तीन अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा साबिक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गरी कुल निक्षेप तीन खर्ब ४३ अर्ब रहेकामा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको हो । बैंकको कुल कर्जा तथा सापटी रकम तीन खर्ब १२ अर्ब रुपैयाँ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच