काठमाडौं । ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्नेसम्बन्धी सम्झौता गरेको छ । जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो । परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधन विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्को उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने बैंकले जनाएको छ ।
साथै सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीको संख्या बढेर सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम खपतमा कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । बैंकले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच