काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापीरूपमा महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ ।
सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० का अवसरको पारेर एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पु¥याउन समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
चैत १६ गते ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन समारोहमा महासंघ अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सिएसआर हेड लक्ष्मी खड्काले उक्त समझदारीपत्र आदानप्रदान गर्नुभएको थियो ।
सहकार्यअन्तर्गत एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध पाँच हजारभन्दा बढी महिला उद्यमीको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच