काठमाडौं । निरन्तर म्युजिक भिडियो निर्देशन गर्दै आउनुभएका निर्देशक वसन्त सापकोटाद्वारा निर्देशित लघु चलचित्र ‘द टिचर’को फष्ट लुक सार्वजनिक भएको छ । वीर गुरुङको कथालाई निर्देशक वसन्त सापकोटाले निर्देशन गर्नुभएको हो । छिट्टै नेपाली रजतपटमा ठूलो पर्दाको सिनेमामा डेब्यु गर्न लाग्नुभएका निर्देशक सापकोटाले ‘द टिचर’मा नव कलाकार वीर गुरुङ लाई डेब्यु गराउनुभएको छ ।
२०८१ सालमा रिलिज हुन लागेको यो छोटो पर्दाको चलचित्रमा कलाकार वीर गुरुङको साथमा संगीता थापा, तेजस्वी सापकोटा, चक्र विष्ट, रोहित श्रेष्ठ, कोबिड राईलगायत कलाकारको फिचरिङ गरिएको छ ।
दिनेश पराजुलीले छायांकन गरेको चलचित्रमा गौतम राज खड्काको सम्पादन छ । मेघा शाही सापकोटाको शृंगार तथा खेमनाथ खनालले मुख्य साहायक निर्देशन रहेको चलचित्रलाई वीर गुरुङ, वसन्त सापकोटा र खेमनाथ खनालले मिलेर निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच