
हास्य कलाकारमा आफ्नै पहिचान बनएर हिँडिरहेको नाम हो रश्मी पाण्डे । विगत दश वर्षदेखि यो क्षेत्रमा सक्रिय रूपमा रहेर आफ्नो कला पस्किरहनुभएकी पाण्डेले पछिल्लो समय ‘सक्कि गो’, ‘भद्रगोल’लगायत हास्य सिरियलमा आफ्नो अभिनयकला पस्किरहनुभएको छ । प्रारम्भमा म्युजिक भिडियोबाट यो क्षेत्रमा होमिनुभएकी उहाँले ‘थोरै भए पुगिसरी’, ‘जीवन चक्र’, ‘यातना’ ‘मेरी बास्सै’, ‘खरानी’जस्ता सिरियलमा अभिनय कौशल प्रदर्शन गर्नुभएको छ । स्कुल पढ्दादेखि यो क्षेत्रमा रुचि राख्ने उहाँ घरपरिवारको वातावरणले पनि यो क्षेत्रमा आउनका लागि मलजल गरेको बताउनुहुन्छ । उहाँकी आमा राधा पाण्डे संगीतमा हुनुहुन्छ जसले पनि आफूलाई कला क्षेत्रका लागि थप हौसला प्रदान गरेको रश्मी बताउनुहुन्छ । ‘मेरो ममी पनि गीतसंगीत क्षेत्रमा हुनुहुन्छ त्यसले पनि यो क्षेत्रमा लागे’, उहाँ बताउनुहुन्छ । उहाँले पहिलो अभिनय गरेको गीतको भिडियो ‘गरिबको जुनी’ रहेको थियो । चालीसवटा जति चलचित्रमा अभिनय कला पस्किनुभएकी रश्मीले आधा दर्जन जति विज्ञापनमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको गीतका भिडियोमा ‘जम्मु कश्मिर’, ‘हतकडी र नेल’यस्तै तीज गीतका भिडियोहरू छन् । आफ्नो अभिनय कला गड गिफ्ट मान्नुहुने उहाँ आफूमा कलाको नशा रहेको बताउनुहुन्छ । कला क्षेत्रमा नआएको भए सस्शत्र सेवामा हुन्थे होला भन्नुहुने उहाँले यो क्षेत्रमा रहेर थुप्रै मानसम्मान, अवार्ड र पुरस्कार पोल्टामा पार्न सफल हुनुभएको छ । दोलाखमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै कलाक्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुभएकी रश्मी पाण्डेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
म कला क्षेत्रमा पूर्णरूपमा संलग्न भएको व्यक्ति भएका हुनाले यसैसँग सम्बन्धित कार्यमा आफूलाई व्यस्त बनाउँदै आएकी छु । यो सँगसँगै केही मेरा व्यक्तिगत काम र केही सामाजिक कार्यमा दिनचर्या बितिरहेको छ ।
पछिल्लो समय ‘सक्कि गो’, ‘भद्रगोल’लगायतका हास्य सिरियलमा छु । मैले ‘थोरै भए पुगिसरी’, ‘जीवन चक्र’, ‘यातना’ ‘मेरी बास्सै’, ‘खरानी’ जस्ता सिरियलमा अभिनय गरे । यस्तै ‘जम्मु कश्मिर’, ‘हतकडी र नेल’ जस्ता गीतका भिडियो र यस्तै तीज गीतका भिडियोहरूमा अभिनय गरेकी छु । यस्तै चालीसभन्दा बढी चलचित्रमा अभिनय गरेकी छु भने आधा दर्जन जति विज्ञापनमा पनि खेलेकी छु । सानैदेखि नाच्न, गाउन मन पथ्र्यो । कलाकार पर्दामा देखिँदा म पनि कहिल्यै आउने होलाजस्तो सोच्थे । मुख्य कुरा त विषयवस्तुलाई फोकस गर्नुपर्छ । फेरि कुन कुराले दर्शकलाई बढी खुशी दिन्छ, त्यसैमा ध्यानदिनुपर्छ भन्ने लाग्छ ।
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा पहिलो प्रस्तुति कुन थियो कुनै सम्झना छ ?
म विगत दश वर्षदेखि निरन्तर यो क्षेत्रमा छु । पहिलो प्रस्तुति मेरो म्युजिक भिडियो थियो । मैले अभिनय गरेको पहिलो गीतको भिडियो ‘गरिवको जुनी’ रहेको थियो ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
सानैदेखि नाच्न, गाउन मन पथ्र्यो । कलाकार पर्दामा देखिँदा म पनि कहिल्यै आउने होला जस्तो सोच्थे । त्यसकारण कलाकार बन्न प्रेरित ग¥यो । मेरो सानैदेखिको लगाव भएको क्षेत्र हो यो । बढदै हुर्कँदै जाँदा यो क्षेत्रमा हेलिँदै गए । मेरो चाहना रुचिको क्षेत्र भएकाले मलाई यो क्षेत्रमा केही उल्लेखनीय कार्य गरौं भन्ने लाग्थ्यो जहिल्यै पनि ।
अभिनय गर्न सुरु सुरुमा त अलिक गाह्रो पनि भयो होला, सिक्नु पनि भयो कि कतै ?
औपचारिक र अनौपचारिक केही सिकियो पनि तर म अभिनयलाई गड गिफ्ट मान्छु । सिकेर आफूमा भएको प्रतिभामा केही निखार त अवश्य ल्याउन सकिन्छ तर आफैंमा जन्मजात यो गुण भएन भने गाह्रो हुन्छ । रहरले मात्र हुँदैन भन्ने लाग्छ ।
यहाँलाई यो क्षेत्रमा आउन घरपरिवारको कत्तिको सर्पोट थियो ?
मलाई घरपरिवारको एकदमै सर्पोट थियो र छ । मेरो आमा संगीत क्षेत्रमा भएकाले उहाँले हौसला र प्रेरणा दिइरहनुहुन्छ । स्कुल पढदादेखि नै यो क्षेत्रमा रुचि राख्ने म घरपरिवारको वातावरणले पनि यो क्षेत्रमा आउनका लागि थप मलजल गर्यो । मेरो आमा राधा पाण्डे संगीतमा हुनुहुन्छ जसले मलाई कला क्षेत्रका लागि थप हौसला प्रदान गर्यो ।
यहाँले थुप्रै सिरियल, हास्य सिरियल, म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ पछिल्लो समयका यहाँका प्रस्तुतिको नाम लिनुपर्दा ?
यहाँले भनेजस्तै मैले थुप्रै गीतका भिडियो र सिरियलमा अभिनय गरे । पछिल्लो समय ‘सक्कि गो’, ‘भद्रगोल’लगायत हास्य सिरियलमा छु म ।
यहाँले अभिनय गरेका सिरियल, म्युजिक भिडियोको नाम लिनुपर्दा ?
मैले ‘थोरै भए पुगिसरी’, ‘जीवन चक्र’, ‘यातना’ ‘मेरी बास्सै’, ‘खरानी’ जस्ता सिरियलमा अभिनय गरे । यस्तै ‘जम्मु कश्मिर’, ‘हतकडी र नेल’ जस्ता गीतका भिडियो र यस्तै तीज गीतका भिडियोहरूमा अभिनय गरेकी छु ।
यहाँलाई चलचित्रको पर्दामा पनि देखिन्छ, कति जति चलचित्रमा अभिनय गर्नुभयो होला हालसम्म ?
मैले यस्तै चालीसभन्दा बढी चलचित्रमा अभिनय गरेकी छु भने आधा दर्जन जति विज्ञापनमा खेलेकी छु ।
कला क्षेत्रमा नआएको भए यहाँलाई हामीले कुन क्षेत्रमा पाउथ्यौ होला ?
मैले माथि पनि भने मेरो सानैदेखिको लगाव भनेको कला क्षेत्र नै हो । त्यसैले यो क्षेत्रमा आए । कला क्षेत्र नआएको भए सायद म सशस्त्र सेवामा हुन्थे होला ।
यहाँको अभिनयलाई दर्शकले मनपराउनुको कारण के हो जस्तो लाग्छ ?
मलाई के लाग्छ भने म बनावटीभन्दा रियलमा ध्यानमा दिन्छु । सायद त्यसैले होला ।
के कुरालाई बढी ध्यान दिनुहुन्छ अभिनय गर्दा ?
मुख्य कुरा त विषयवस्तुलाई फोकस गर्नुपर्छ । फेरि कुन कुराले दर्शकलाई बढी खुशी दिन्छ त्यसैमा ध्यानदिनुपर्छ ।
यो क्षेत्रमा आउने चाहना राख्दै गरेकालाई के भन्न चाहनुहुन्छ ?
बाहिरबाट हेर्दा जति सहज छ त्यति सजिलो छैन । आफूमा केही गर्छु भन्ने खुबी छ भने आउनुहोस् राम्रो छ भन्न चाहन्छु । रहरले हुँदैन । बुझेर आउनुभन्छु । देखाउटीभन्दा साच्ची मनैदेखि आउनुहोला । संर्घष गरेसँगै सफल भइन्छ भन्ने सोच्नुहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच