विराटनगर । उद्योग संगठनका अध्यक्ष राकेश सुराना नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेश प्रस्तुत गरेको छ । वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा र महानिर्देशक चुडामणि भट्टराई सम्मिलित प्रतिनिधिमण्डलले वर्तमानको आर्थिक समस्या खास गरेर विद्युत् आपूर्ति समस्या, बजार सुस्तता, औद्योगिक क्षेत्रमा परेको प्रभाव, तत्काल गर्नुपर्ने कार्य, आगामी बजेटले सम्बोधन गर्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि आग्रह गरेको छ ।
अर्थमन्त्री पुनसँगको भेटमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत् सम्बोधन गर्नुपर्ने निजी क्षेत्रका विषय समेटिएको सुझाव पेश गर्नुका साथै हालको आर्थिक सुस्तता, निराशा सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँगको भेटमा उद्योगको अवस्थाप्रति संवेदनशील भई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । प्रक्रियागत जटिलता सरलीकरण, कार्गाे रेल तत्काल सञ्चालनको वातावरण, औद्योगिक पूर्वाधार निर्माणका साथै आगामी बजेटसम्बन्धी सुझावसमेत प्रस्तुत गरिएको हो ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरी पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउन माग गरेको छ । साथै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कार ¥याली कनेक्ट नेपाल इन्भेष्टमेन्ट मिसनमा सहकार्य गर्न प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी विद्युत् आपूर्ति समस्यामा रहेका उद्योग व्यवसायको वर्तमान अवस्थाबारेमा ध्यानाकर्षण गराउँदै संवेदनशील बन्न, विद्युत्को आपूर्ति नियमित र गुणस्तर सुधार गर्न, विद्युत् आपूर्तिमा समस्या हो भने तालिका सार्वजनिक गर्न आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच