
घरमा मीठो पाकेको दिन पाहुना आऊन् । आफूले राम्रो लगाएको दिन आफूलाई हेप्ने गरेका आफन्तले देखून् । घर सफा भएको दिन घरमा टुप्लुक्क मित्रहरू आइपुगून् जस्तो मलाई मात्र लाग्छ कि अरूहरूलाई पनि लाग्छ कुन्नि ! सधैँभरि एकैनासको जीवन बाँच्न नपाउने र नजान्नेहरूका घरको कुरा हो । मीठो कुरा पकाएर खान, राम्रो लुगा लगाएर हिँड्न चाड पर्खिनुपर्ने परिवार र समाजबाट जन्मिएका कथा हुन् यी । कतिपयलाई थाहा नहुन पनि सक्छ । हामी वर्गीय अवस्थाले, चेतनाले र परिस्थितिले भिन्न भए पनि हामी सबैभित्र मन भन्ने तत्व छ जसले हाम्रा विचार र भावनाहरूको साझा रूपको सङ्केत गर्छ । मनको अँगेनामा रहरका रोटी पकाएर खान चाहने धेरै छन् जसका भावनाहरू मिल्दाजुल्दा पनि हुन्छन् ।
सबैलाई आफू सर्वगुणसम्पन्न बन्न सकौँ भन्ने चाहना हुन्छ । सामाजिक प्रतिष्ठा प्राप्त होस् । आर्थिक हैसियत राम्रो होस् । सबै प्रकार सेवा र सुविधा लिन सक्ने बनौँ भन्ने चाहना हुन्छ । कसैका प्रयत्नले यी कुरा सम्भव हुन्छन्, कतिले प्रयत्न नै गर्दैनन् अरूको आरिस मात्र गर्छन् । कतिलाई प्रयत्न गरेर पनि यी कुरा प्राप्त हुन सक्दैनन् । यिनै साझा भावनाले मानिस एकअर्कासँग जोडिएको पनि हुन्छ । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि पनि भनिन्छ । अवस्था एउटैलाई हेर्ने दृष्टि फरक हुनसक्छन् । माथिबाट झर्दै गरेकालाई त्यही बाटो ओरालो हो । माथि चढ्दै गरेकालाई त्यही बाटो उकालो । हरेकका घरसँग जोडिएका आआफ्ना कहानीहरू हुन्छन् । आफूलाई व्यक्तिगत हुन्जस्ता लाग्ने त्यस्ता कहानीहरू साझा भावनाका प्रतिनिधि अभिव्यक्तिहरू रहेका हुन्छन् ।
न मलाई थाहा न मेरी पत्नीलाई थाहा । त्यस्तो थाहै नभएको व्यवस्था हामीले कसरी गर्न सक्नु ? कर्तव्य र दायित्वले सधैँ थिचिएको मन र मस्तिष्क लिएर सानै उमेरदेखि हरेक जिम्मेवारी पूरा गर्दै आएका हामीलाई त हामीसँग जे थियो त्यही नै व्यवस्था हो भन्ने नै थाहा थियो ।
कुनै दिनको कुरा हो एकजना शुभचिन्तक बहिनीले घरमै आएर यसो हाम्रो घरको सामान्य जीवनशैली देखेर भनिछिन् तिमी त्यति वर्ष पहिलेदेखि जागिर खाएर,काठमाडौँ आएर पनि केही व्यवस्था गर्न सकेकी रहिनछौ दिदी । घर पनि ठीकै ठीकै लाग्यो । घरभन्दा बाहेक अरू जमीन रहेनछ क्यारे ! अलि फराकिलो जग्गामा घर बनाउन सकेनछौ । यस्तोमा त थुक्न पनि विचार पुर्याउन पर्छ । घरका अरू सामान पनि सामान्य खालकै रहेछन् । हुन त हामीभन्दा तिमी नै धनी छौँ । तिम्रोजस्तो कमाइ अनि तिमीजस्तै पहिला आउन पाएको भए मै पनि धेरै व्यवस्था गरिसक्नेरहिछु । तर तिम्रोभन्दा सानो जागिर भएका फलाना फलाना आफन्तको कति राम्रो व्यवस्था छ । तिमी त धेरै सोझी रहिछौ के हेरेर बसेकी हौ यतिका वर्षसम्म ? भन्न भ्याइछन् ।
त्यसभन्दा पहिले मेरी पत्नीलाई पनि घरव्यवस्था भनेको छुट्टै केही चिज हो भन्ने थाहा रहेनछ । न मलाई थाहा न मेरी पत्नीलाई थाहा । त्यस्तो थाहै नभएको व्यवस्था हामीले कसरी गर्न सक्नु ? कर्तव्य र दायित्वले सधैँ थिचिएको मन र मस्तिष्क लिएर सानै उमेरदेखि हरेक जिम्मेवारी पूरा गर्दै आएका हामीलाई त हामीसँग जे थियो त्यही नै व्यवस्था हो भन्ने नै थाहा थियो । एकप्रकारले मुख र मुठी लिएर घरबाट हिँडेका हामी वषौँको मिहिनेत र परिश्रमपछि काठमाडौँ खाल्टो भित्रएउटा बस्ने बाससम्म बनाउन पाए हुन्थ्यो भन्ने हाम्रो एकसूत्रीय प्रयत्न पूरा भएको थियो । घर बन्न मिल्ने जग्गामा बनेको जेजस्तो थियो घरलाई हामीले आफ्नो घर भनेर जानेका थियौँ र त्यस घरभित्र आफूलाई चाहिने आधारभूत सामानहरू जेजस्ता र जति थिए तिनलाई मिलाउँदा जे बन्थ्यो त्यसैलाई घरव्यवस्था भनेर जानेका थियौँ ।
त्यस अतिरिक्त घरव्यवस्था भनेको के थियो ? थाहा नभएका बेला यसरी आफ्नै मान्छेबाट घरव्यवस्थासम्बन्धी घरेलु सुझावसहितको मानसिक प्रहार नै आइपुगेकाले बेलुका घर आउँदा त पत्नी बडो चिन्तित मुद्रामा बसेकी रहिछन् । उनले आज फलानीले हाम्रो अवस्थाका बारेमा ऐना देखाएर गई साँच्चै हामीले त घरव्यवस्था गरेकै रहेनछौँ भनेपछि म पनि चिन्तित जस्तै भएँ । सानातिना सरसहयोग गर्दैमाहाम्रो आम्दानीको ठूलो हिस्सा लगानी भइरहेको हुन्थ्यो। सहयोग लिनेलाई त्यही कुरा थोरै लाग्ने दिनेलाई त्यही कुराको भारी । हामी यसरी नै चल्दै आएका थियौँ ।
सामान्य अवस्थाबाट लड्दै धुलो टक्टक्याउँदै आएका,चल्नुलाई ठुलो ठान्ने हाम्रो स्वभावका कारणले सधैँ औसत जीवन बाँचिरहेकाहामी साँच्चै ! हामीलाई देखावा गर्न कहिल्यै आएन । अब अचानक घरव्यवस्था त गर्नैपर्यो भनेपछि मलाई पनि अचम्म लाग्यो । अब यो के हो त घरव्यवस्था त्यसलाई कसरी प्राप्त गर्ने होला ? कसैलाई आफ्नो व्यवस्थाका बारेमा मात्र चासो हुन्छ । कसैलाई अरूको पनि सानोतिनो व्यवस्था होस् भन्ने चिन्ता हुन्छ । ती दुईका बिचको अन्तर भनेकै यही हो नानी । कसैले अलि लामो हात गरेर कमाउँछन्, व्यवस्था गर्छन् ।
तिमीले अहिले गरेका कुरा आफ्ना बारेको चासो हो मैले हिजो गरेको काम अरूका बारेको पनि चिन्ता हो । अरूको व्यवस्थाका बारेमा सोच्दासोच्दै हामीलाई हाम्रो व्यवस्थाका बारेमा सोच्न फुर्सद मिलेन । सायद यसैको अन्तर होला घरको व्यवस्था र अव्यवस्था भनेको पनि । मलाई त्यस दिन मेरी पत्नीले यतिसम्म उत्तर फर्काइदिएकी भए हुन्थ्यो भन्ने लागेको हो ।
यति कुरा अवश्य हो घर अव्यवस्था हाम्रो घरमा अवश्य पाइन्थ्यो । पटकपटक गरी किनेका छ थरि दराज अनि तिनमा पनि मिलाएर राख्न नभ्याएर वा नजानेर जसोतसो राखिएका पुस्तकहरूको चाङ । जताततै छरिएका कागजपत्र, कलम र पेन्सिलका टुक्राटाक्री । जति मिलाउन खोज्दा पनि नमिलेका तिनै पुस्तकको बीचमा एउटा पढ्ने टेबल र कुर्सी । बैठक नामको एउटा कोठा त्यसमा राखिएका जातले सोफा । भूइँमा बिछ्याइएका औसत गलैँचा । कोठाका भित्तामा र दराजका माथि बेलाबखत पाइने गरेका प्रशंसापत्र, प्रमाणपत्र र मायाको चिनो । एकमुष्ट टाँगिएका खादा, माला । मलाई यिनै कुरा सबैभन्दा ठुला लाग्छन् । सायद यी कुरा घरव्यवस्थाको कुनै महलमा पनि पर्दैनन् ।
हाम्रा आफन्त कसैलाई यिनी कुरा व्यवस्था लाग्दैनन् । घरभरि लथालिङ्ग छरिएका कितावकापी राम्रा र मूल्यवान् लाग्ने कुरा पनि भएन । अझ मैले त बैठक कोठामा बसेका पाहुनालाई पनि कुनै बहानाले पुस्तक राखेको त्यही कोठामा सगौरव पु¥याउने गर्छु । एवम् क्रमले निर्माण भएका अन्य कोठा, घरका फर्निचर र शयनकक्ष समेतलाई देखेर कसैको पनि मन आकर्षित हुँदैन भन्ने त हामीलाई थाहा थियो तर त्यसभन्दा फरक के गर्दा हुन्छ भन्ने बारेमा त्यति चासो नै थिएन र छैन पनि । आउजाउ प्रायः समवर्गीय व्यक्तिका घरमा हुनेहुनाले त्यति खलेको पनि थिएन । कहिलेकाहीँ अति सम्भ्रान्तका घरमा जाने अवसर मिले पनि त्यो घरको मानसान तौरतरीका हाम्रो लागि होइन भन्ने लाग्थ्यो ।
हो कुनै कुनै आफन्त वा मित्रवर्गका घरमा जाँदा अलि फरक अनुभव हुन्थ्यो । तिनै वस्तु जुन मेरो घरमा छन् अनि तिनै वस्तु जो त्यहाँ छन् । खोइ किन हो तिनीहरूको योग्यता केही फरक हो भन्ने कुराले छुन्थ्यो तर त्यत्तिमै सकिन्थ्यो । तर त्यो योग्यता कसरी फरक भयो भन्ने बारेमा त्यति धेरै जानकारी भएन अनि सकिएन पनि । सायद त्यही आर्थिक योग्यता थियो जुन हाम्रा घरमा थिएन ।
अनि मलाई मेरै घर दृष्टान्त बनेझैँ लाग्यो । सरकार होस् त सरकारजस्तो होस् । मन्त्री हुन् त मन्त्रीजस्ता हुन् । प्रशासक हुन् त प्रशासकजस्ता हुन् । एवम् क्रमले सरकार व्यवस्थामा कमी रहेको पो हो कि प्रधानमन्त्रीज्यू ? घरको ठाउँमा घर छ । जागिरको ठाउँमा जागिर छ । सामान्यतया सबै व्यवस्था भइरहेकै अवस्थामा सबै कुरा ...
ती बहिनीले सायद त्यही आर्थिक योग्यताका कुरा गरेकी थिइन् । पहिलो अर्थिक अवस्था मजबुत हुनुपर्ने दोस्रो योग्यता अनुसार घरका सरसामान पनि सुहाउँदिला हुनुपर्ने । त्यही अनुसार बैँक ब्यालेन्स, गाडीघोडा, काठामाडौँमा बसेजस्तो पहिरन, गरगहना, तडकभडक पनि हुनुपर्ने इत्यादि नै होलान् । किनकि सामान्य दिनचर्या त हाम्रो पनि चलिरहेकै थियो । नदेखिएका तिनै कुरा थिए जो हामीसँग थिएनन् वा हामी चाहँदैनथ्यौँ । घर होस् तर घरजस्तो होस् । भान्सा होस् तर भान्साजस्तो होस् । बैठक होस् तर बैठक कोठाजस्तो होस् । बेडरूम होस् तर बेडरूमजस्तो होस् । एवम् क्रमले आफ्नो योग्यता देखाउनुपर्ने ठाउँमा हामी चुकेका थियौँ । तिनलाई पनि धन्यवाद जसले हामीलाई योग्यतामा देख्न चाहिन् ।
त्यसपछिका धेरै समय मलाई यही कुराले चिमोटिरहृयो । के हामी गर्नैपर्ने कामबाट पछि छुटेका हौँ त ? अनि के लागिहृयो भने मानिसको मूल्याङ्कनको कसी कति अनौठो छ । हामीलाई हाम्रै रूपमा चिनिदिए कति राम्रो हुन्थ्यो । हाम्रै विशेषताले ठूला मानिदिए कस्तो हुन्थ्यो ! हामीसँग नभएका कुरा खोजेर दुःखी बनाइदिन किन पथ्र्यो ? हामीलाई हामी नै रहन दिए कति राम्रो हुन्थ्यो । हामीमाथि थोपर्न खोजिएको अतिरिक्त पहिचानको दायित्व हामीले पूरा गर्न अरू नै केही अन्यथा गर्नुपर्ने हुनसक्छ । त्यसमाथि हामीलाई हाम्रै आदर्शमा राम्रा देखिदिएका भए झन् कति सुन्दर हुन्थ्यो । बेलाबखत मन हुँडल्न आउने यस्ता सल्लाह र सुझाव हाम्रा निम्ति त्यति सुन्दर छैनन् जति अहिले हामी सुन्दर छौँ ।
अनि सम्झेँ मुलुकका प्रधानमन्त्रीज्यूलाई उहाँलाई यस्तै लागेको हुनुपर्छ अहिले । सुशासन भएन भनेर जताततैबाट प्रहारमात्रै भइरहन्छ । प्रधानमन्त्रीको ठाउँमा प्रधानमन्त्री छ, मन्त्रीका ठाउँमा मन्त्रीहरू छन् । संवैधानिक निकायहरूमा पनि प्रमुखहरू छँदैछन् । सेना, प्रहरी, प्रशासन लगायत यावत् ठाउँमा आवश्यक संख्यामा मानिसहरू नियुक्त रहेकै छन् । देशलाई चाहिने ऋणधनको जोहो भइरहेकै छ । खानेबस्ने बन्दोबस्त पनि जसोतसो चलेकै छ । यही नै होइन र शासन भनेको ? शासनव्यवस्था भनेको थप अरू के हो र ? त्यसमाथि के कुरा पुगेन भनौँ खै ।
फेरि मानिस किन सन्तुष्ट छैन त ? अनि मलाई मेरै घर दृष्टान्त बनेझैँ लाग्यो । सरकार होस् त सरकारजस्तो होस् । मन्त्री हुन् त मन्त्रीजस्ता हुन् । प्रशासक हुन् त प्रशासकजस्ता हुन् । एवम् क्रमले सरकार व्यवस्थामा कमी रहेको पो हो कि प्रधानमन्त्रीज्यू ? घरको ठाउँमा घर छ । जागिरको ठाउँमा जागिर छ । सामान्यतया सबै व्यवस्था भइरहेकै अवस्थामा सबै कुरा ठीकैठीकै लागेर घरव्यवस्था राम्रो गर्न सकिनछौ दिदी भन्ने बहिनी अनि घरव्यवस्था गर्न सकिएन भनेर खिन्न हुने दिदीका कुरा र सरकार भएर पनि सरकार भएको अनुभूति गर्न नसक्ने नागरिकका गुनासाको अर्थ के हो ?मैले आजसम्म बुझ्न सकेको छैन सम्माननीय प्रधानमन्त्रीज्यू !
नयाँ वर्ष २०८१ को पावन अवसरमा सबैलाई खान, लाउन र बस्न पुगोस् । शान्तिपूर्ण वातावरणमा आफूलाई लागेका विचारहरू व्यक्त गरेरै बस्ने परिस्थिति बनोस् । पाहुना आएकै दिनमा मात्र मिठो पाक्ने बाध्यताको अन्त्य होओस्भन्दै सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच