
काठमाडौं । अभिनेता विपिन कार्कीको फरक अवतार रहेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियो पसल एपमा सार्वजनिक गरिएको छ । लैंगिक अल्पसंख्यक समुदाय र मधेशको कथावस्तुमा निर्माण गरिएको चलचित्र ‘एक भगवत् र एक गीता’ ले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ ।
झरना थापाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरसँगै कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतका कलाकारको अभिनय छ । सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रमा कथा निर्देशक झरना थापाकोे छ । सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच