
काठमाडौं । चलचित्र ‘मेयर’को छायांकन सकिएको छ । काठमाडौंको मल्ल होटेलबाट सुरु भएको चलचित्रको छायांकन सर्लाहीमा ५१ दिनमा सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिनुभयो ।
चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत कलाकारको अभिनय छ ।
यो चलचित्रबाट निर्माताको रूपमा श्रृष्टिमा खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ ।
चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुनुहुन्छ भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमा खनाल हुनुहुन्छ । चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच