
मुम्बई । सलमान खानको फिल्म ‘सिकन्दर’ को सुटिङ अर्को महिनादेखि सुरु हुँदैछ । जुन फिल्मको एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् ।
साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्ममा मुख्य भूमिकाका लागि त्रिशा कृष्णनको नाम यसअघि सार्वजनिक भएको थियो । तर अहिले उनी यो प्रोजेक्टबाट अलग भएको बताइएको छ ।
इन्डियाग्लिट्जको रिपोर्टका अनुसार कियारा आडवाणी ‘सिकंदर’ मा सलमानको अपोजिटमा देखिनेछिन् । हालसालै कियारा साजिद नाडियाडवालाको अफिस बाहिर देखिएकी थिइन् । यो फिल्मको सिलसिलामा उनी साजिदलाई भेट्न आएको खबर आएको थियो ।
आजकल कियारा शंकरको तेलुगु फिल्म ‘गेम चेन्जर’ मा पनि काम गरिरहेकी छिन् । जसमा उनीसँगै रामचरण देखिने छन् ।
साथै, हालै ‘सिकन्दर’ को सुटिङको बारेमा एउटा अपडेट आएको छ । मिड डेको रिपोर्टका अनुसार सलमान खानको फिल्म ‘सिकंदर’को सुटिङ अर्को महिनाबाट सुरु हुनेछ । तर यसको छायांकन भने लगातार हुने छैन । ‘सिकन्दर’ सुरु गरे पछि मुरुगादासले बीचमा छिटो ब्रेक लिनेछन्।
‘सिकन्दर’ बाहेक उनले आफ्नो आगामी फिल्ममा पनि काम गर्ने छन् । यो उनको तमिल भाषाको फिल्म हो, जुन उनले शिवकार्तिकेयनसँग बनाउन लागेका हुन् । जसलाई उनले यही जुनमा पूरा गर्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच