काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिनुभएको थियो भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक/एक विकेट लिनुभएको थियो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११६ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिनुभयो । उहाँले ३० बल खेल्ने क्रममा तीन चौका प्रहार गर्नुभएको थियो । यस्तै, विराट भण्डारीले २३ बलमा २६ रन जोड्नुभयो भने कृष्ण कार्कीले २२ रन बनाउनुभयो ।
कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिनुभयो भने दिनेश अधिकारी र दिवन पुनले समान दुई/दुई विकेट र प्रकाश जैशीले एक विकेट झार्नुभयो ।
यसअघि भएका लिग चरणका खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान आठ/आठ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच