
काठमाडौं । स-साना बालबालिकाको कला, प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ हुने भएको छ । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको छ । आयोजकका अनुसार ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल’मा ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन् ।
जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्र्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जनाप्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘४० जना छनोट भइसकेका छन् । अब १०जनाप्रतियोगी छनोट गरिनेछ ।’
अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीलाई व्यक्तित्व विकासलगायत विभिन्न ग्रुमिङ कक्षा दिइने छ । जेठ ४ गतेदेखि प्रतियोगीलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिनुभयो । यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीको गर्दै हुनुहुन्छ ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधिसहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट हृयाम्पर पाउने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच