
काठमाडौं । प्रथम सहाना प्रधान यू=१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता असार दोस्रो साता हुने भएको छ । सहाना प्रधान प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ९ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा सातवटै प्रदेशबाट समान एक महिला तथा पुरुष भलिबल टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका विजेताले तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले एक लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीहरूले समान २५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फका विजेताले जनही १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, अफिसियल, रेफ्रीहरूको यातायात, बसोबास, खाना, दैनिक भत्ता प्रतिष्ठानले बेहोर्ने प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।
प्रतियोगितालाई नेपाल भलिबल संघले आफ्नो वार्षिक क्यालेण्डरमा समावेश गराउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच