
काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २–१ गाेल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो ।
यस खेलमा १–० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए ।
यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २(२ गोलको बराबरीमा सकिएको थियो । योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो ।
अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच